सिन्धुली। तीनपाटन गाउँपालिकाका उपप्रमुख पदम माया तामाङले आफु चड्ने गाडी स्वास्थ्य चौकीलाई हस्तानतरण गरेकी छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड- १९ को नयाँ भेरिएन्टको संक्रमणबाट कसैको पनि साधन अभावमा ज्यान नजाओस् भनेर गाडी हस्तानतरण गरेकी हुन् ।
तामाङले तीनपाटन गाउँपालिकाको नाममा रहेको आफुले प्रयोग गरेको ४१६३ नम्बरको महेन्द्र बोलोरो आज सोही गाउँपाािलकाको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको जनाईएको छ। “कोरोना भाइरस संक्रमण भएका ब्यक्तिको सहजताका लागि मैले आफु चढेको गाडी स्वास्थ्य कार्यलयलाई जिम्मा लगााएको छु” तामाङले जनचासोखबरलाई बताइन् । तामाङका अनुसार महामारीको संक्रमण कम नहुन्जेल गाडीलाई स्वास्थ्य सेवामा प्रयोग गर्न दिइएको हो ।