भोजपुर जिल्ला स्थित अरुण गाउँपालिकाका ९३ वर्षीया लाटा सार्कीले नेपाली नागरिकता प्राप्त गरेका छन् ।

शारीरिकरुपमा समेत अशक्त रहेका सार्कीलाई जिल्ला प्रशासन कार्यालयले अरुण गाउँपालिकाको प्याउली पुगेर उनलाई नागरिकता थमाएको हो । 

स्थानीय तहका जनप्रतिनिधिको सक्रियतामा निजलाई नागरिकता दिलाउनका पहल गरिएको थियो । सांसद सुदन किराँतीको निर्देशनमा सार्कीलाई नागरिकता थमाएर सरकारबाट पाउने सेवा सुविधाका लागि ढिलै भएपनि आवश्यक प्रक्रिया थालिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । सार्कीलाई नागरिकता थमाउन सांसद किराती पनि प्याउली पुगेका थिए ।

 

साभार: कानून पोष्ट डटकम