फिनल्याण्डमा १६ वर्षीया किशोरी एभा मुर्तो एक दिनका लागि प्रधानमन्त्री बनेकी छन् । त्यहाँ हाल बहाल रहेकी प्रधामन्त्री सन्ना मरिनले उनलाई सन् २०२०  अक्टोर ७ एक दिनका लागि आफ्नो पद र कुर्सी हस्तान्तरण  गरेकी हुन् । 

 

संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय युवती दिवस मनाउन लागेको पूर्वसन्ध्यामा मरिनेले एक दिनका लागि किशोरीलाई आफ्नो पद हस्तान्तरण गरेकी हुन् । यसक्रममा किशोरी मुर्तोले प्रविधिमा महिला अधिकारको विषयमा त्यहाँका राजनीतिकर्मीहरुँग बैठकमा सहभागि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

 

फिनल्याण्डले विगत चार वर्षदेखि प्लान इन्टरन्याश्नल 'गर्ल टेकओभर' गर्दै आएको छ । यो अभियानले संसार भरिका देशहरुलाई एक दिनको लागि राजनीति तथा अन्य क्षेत्रको जिम्मेवारी सम्हाल्न दिन प्रेरणा  मिल्ने छ ।

 

 एक दिन प्रधानमन्त्री बनेकी मुर्तोले राजनीति कर्मीहरुसँग बैठकको क्रममा भनेकी छन् "यहाँहरुको अगाडी बोल्ने अवसर पाउनु खुसीको कुरा हो, तर म यहाँ उभिनु नपरेको भए हुन्थ्यो भन्ने मेरी चाहना हो, किनकी गर्ल्स टेकओभर जस्ता अभियानको खाँचो नपरोस् ।" लैङ्गिक समानतालाई जोड दिँदै विश्वमाभर कतै  पनि लैङ्गिक समानता प्राप्त नभएको गुनासो गरेकी छन् ।