यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि देशभित्र विभिन्न ठाउँको भ्रमणको लागि विभिन्न प्याकेज ल्याएको छ।

 

लामो समयदेखि लकडाउनका कारण बन्द रहेको नियमित उडान खुलेपछि र एयरलाइन्सको वार्षिकोत्सवको अवसरमा आन्तरिक पर्यटनलाई  प्रवर्द्धन गर्न भन्दै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि प्याकेज ल्याएको हो । महामारीको विषम परिस्थितिमा बाह्य पर्यटक आउने सम्भावना नभएकाले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि स्वदेशी पर्यटक नै मुख्य आधार भएकाले एयरलाइन्सले प्याकेज ल्याएको जनाएका छन् ।

 

कुन प्याकेजको लागत कति ?

 

एभरेष्ट ट्रेल: सगरमाथा क्षेत्रको यो प्याकेज ४ रातको हुने छ। यसमा ब्रेकफास्ट र हवाइ टिकेट समावेस गरिएको छ। यसको लागत १४ हजार रुपैयाँ रहेको छ । यसमा कूल पाँच दिन र चार रातको समय लाग्ने छ।

 

रारा:  दुई रात तीन दिनको यो प्याकेजको लात २५ हजार रुपैयाँ छ। यसमा काठमाडौंदेखि नेपालगञ्ज र नेपालगञ्जदेखि मुगुसम्म दुई ट्रिप हवाइ यात्रा हुने छ। यो लागतमा ब्रेकफास्ट, लञ्ज र डिनर पनि समावेस गरिएको छ।

 

पोखरा : पोखराको अधिकतम ८ हजारसम्मको प्याकेज रहेको छ। यसमा होटलको स्तरअनुसार प्याकेजको लागत निर्धारण गरिएको छ। तीन तारे होटलका लागि ६ हजार रुपैयाँको प्याकेज रहेको छ। २ रात ३ दिनको यो प्याकेजमा ब्रेकफास्टमात्र उपलब्ध छ।

चितवन : २ रात ३ दिनको यो प्याकेज पनि होटल सुविधाअनुसारको प्याकेज लागत रहेको छ। स्ट्यान्डर्ड होटको १३ हजार रुपैयाँ रहेको छ भने डिलक्स रिसोर्टको लागत १७ हजार रुपैयाँ रहेको छ। चितवनको प्याकेजमा खाना तथा बस्नको व्यवस्था रहेको छ।

मुक्तिनाथ:  ३ रात ४ दिनको यो प्याकेजमा काठमाडौंदेखि जोमसोमसम्म हवाइ यात्रा हुने छ। १२ हजार ९९९ रुपैयाँको यो प्याकेजमा ब्रेकफास्ट मात्र उपलब्ध रहेको छ।

मुक्तिनाथको अर्को प्याकेज पनि छ। यो ४ रात ५ दिनको छ। यसको लागत १६ हजार ९९९ रुपैयाँ रहेको छ।

अन्नपूर्ण ट्रेल: अन्नपूर्ण क्षेत्रको ट्रेक प्याकेज भने ५ रात ६ दिनको छ। यसमा काठमाडौंदेखि पोखरासम्म हवाइ यात्रा हुने छ। पोखरादेखि धम्पुससम्म गाडीमा गएर बास बसेर भोलिपल्ट ट्रेक सुरु हुने छ । यसको लागत ११ हजार ९९९ रुपैयाँ रहेको छ।

त्यस्तै अन्नपूर्णकै लक्जरी प्याकेजको मूल्य भने १९ हजार ९९९ रुपैयाँ रहेको छ। यसमा ४ रात ५ दिनको यात्रा हुने छ। यसमा पोखरा बाहेका अन्य ठाउँमा खाना, नास्ता पनि समावेस गरिएको छ।

काठमाडौं प्याकेज:  यतीले काठमाडौं बाहिरबाट आउनेका लागि पनि प्याकेज उपलब्ध गराएको छ। यतिले पोखराबाट, बिराटनगर,भरतपुर र नेपालगञ्जबाट आउनेका लागि काठमाडौं प्याकेज पनि उलब्ध गराएको छ। यो प्याकेजमा डिलक्स रिसोर्ट र तीन तारे होटलको प्याकेज लागत निर्धारण गरिएको छ।

पोखराबाट काठमाडौं आउनेका लागि २ रातको डिलक्स होटलको १० हजार ९९९ रुपैयाँ र तीन तारे होटलको ६ हजार ९९९ रुपैयाँ रहेको छ।

त्यस्ते विराटनगरबाट आउनेका लागि डिलक्समा ११ हजार ९९९ रुपैयाँ र तीन तारेका लागि ७ हजार ९९९ रुपैयाँ छ।भरतपुरबाट आउनेका लागि डिलक्समा १२ हजार ९९९ रुपैयाँ र तीन तारेमा ८ हजार ९९९ रुपैयाँ छ।

नेपालगञ्जबाट आउनेका लागि डिलक्समा १४ हजार ९९९ रुपैयाँ र तीन तारेका लागि १० हजार ९९९ रुपैयाँ मूल्य रहेको छ।त्यस्तै जनकपुरबाट आउनेका लागि डिलक्समा १० हजार ९९९ रुपैयाँ र तीन तारेमा ६ हजार ९९९ रुपैयाँ छ।

तुम्लिङटारबाट आउनेका लागि डिलक्समा १२ हजार ९९९ रुपैयाँ छ। तीन तारेका लागि भने ८ हजार ९९९ रुपैयाँ छ।भैरहवाबाट आउनेका लागि डिलक्समा ११ हजार ९९९ रुपैयाँ छ भने ती तारेमा ७ हजार ९९९ रुपैयाँ छ।

भद्रपुरबाट आउनेका लागि डिलक्समा १२ हजार ९९९ रुपैयाँ छ भने तीन तारेमा ८ हजार ९९९ रुपैयाँ छ। यी प्याकेजहरु एयरलाइन्सका सेल्स अफिस तथा ट्राभल एजेन्टबाट खरिद गर्न सकिने छ। अनलाइनबाट पनि खरिद गर्न सकिने एयरलाइन्सले जानकारी दिएको छ।