रिना खत्री, काठमाडौं। नेपाल राष्ट्र बैंक लिमिटेडले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

बैंकको विभिन्न कोषमा रहेको उक्त रकम २०७८ साल वैशाख २ गतेदेखि २०७९ साल वैशाख १ गतेसम्म ३ सय ६५ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको एक सुचना मार्फत जनाएको छ।

बैंकले क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २९ करोड ४ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ९ करोड ६८ लाख रुपैयाँ गरी कूल १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्न लागेको जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई चैत १८ गते, बुधबार दिउँसो २ बजेसम्म राष्ट्र बैंकमा पेश गर्न बैंकले आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले १ अर्ब ९३ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै