सिन्धुली। सिन्धुलीमाढीमा प्राङ्गारिक खेती सम्बन्धी जिल्ला स्तरीय गोष्ठी सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीको आयोजनामा कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरत प्रसाद बिडारीको अध्यक्षता तथा जिल्ला समन्वय सिन्धुलीका सभापति शंकरराज वर्मा तिवारिको प्रमुख आतिथ्यतामा एक दिने गोष्ठी सम्पन्न भएको हो।

एक दिने प्राङ्गारिक खेती सम्बन्धी जिल्ला स्तरिय गोष्ठीमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्लाका नौ वटै स्थानीयतहका कृषि प्राविधिक प्रमुख लगायत कृषि ब्यवसायिहरूको उपस्थिती रहेको थियो। कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरत प्रसाद बिडारिले प्राङ्गारिक कृषिको परिचय र आजको आवश्यकता सहित त्यसका विविध प्राविधिक आयाम सम्बन्धमा छलफल गर्नुभएको थियो।

प्रमुख बिडारीले प्राङ्गारिक कृषि के, किन, प्राङगरिक मिसन कार्यक्रम सम्बन्धी पृष्ठभूमि, सिन्धुलीमा प्राङ्गारिक मिसन कार्यक्रम, सञ्चालन कार्यबिधि, चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमको बिवरण, कार्यक्रम सञ्चालनका लागि भएका प्रयासहरु, चालु आर्थिक वर्षमा छनौट भएका साझेदारहरुको विषयमा स्पष्ट पार्नुभएको थियो।

एक दिने प्राङ्गारिक खेती सम्बन्धी जिल्ला स्तरिय गोष्ठी रासायनिक मल तथा बिषादीको प्रयोग न्यूनीकरण, प्राङ्गारिक खेतीतर्फ उन्मुख गराउने, गुणस्तरीय प्राङ्गारिक मल, बिउ, जैबिक बिषादी, सुरक्षित उत्पादन संरचनाको ब्यवस्था गर्ने, ब्यावसायिक प्राङ्गारिक तथा रैथाने बालीहरूको उत्पादन र बजारिकरणबीचको दरारलाई कम गर्दै विशेष प्राङ्गारिक मूल्य श्रृङ्खलाको विकास, ब्यवसायिक प्राङ्गारिक खेतीद्धारा रोजगारिको श्रृजना र आय आर्जनमा वृद्धि गर्न उदेश्यले आयोजना गरिएको प्रमुख बिडारीले बताउनु भयो।

सिन्धुलीमा प्राङ्गारिक मिसन प्रवर्द्धन कृषि कार्यक्रम २०७५/७६ बाट सुरु भएको हो। सिन्धुलीमा प्राङ्गारिक उत्पादनको लागि प्लाष्टिक घर सुधार अनुदान, प्राङ्गारिक उत्पादनको लागि प्लाष्टिक घर निर्माण, विस्तार तथा एकल फर्मको लागि खुल्ला जमिनमा प्राङ्गारिक उत्पादन, रैथाने बाली प्रवर्द्धन कार्यक्रम लगाायतका कार्यक्रमहरु भइरहेको प्रमुख बिडारीले जानकारी दिनुभयो ।