सिन्धुली। सिन्धुलीमाढीमा फागुन १३ गतेदेखि सञ्चालित स्वर्गीय नरबहादुर स्मृति फुटबल प्रतियोगिताको उपाधी नमोबुद्ध युवा क्लब मरिणले जितेको छ। आज सम्पन्न फाइनल खेलमा नमोबुद्ध यूवा क्लब मरिण र अमरज्योति युबा क्लब गोलन्जोरबीच भएको प्रतिस्पर्धामा मरिणले १-० ले खेल जितेको हो।

प्रतियोगितामा दुबै टिम गोल रहित भएपछि समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुबै टिमले गोल गर्न नसक्दा उपाधिको छिनोफानो ट्राइबेकरबाट लिइएको थियो। ट्राइबेकरमा १-० को गोल अन्तरले नमोबुद्ध युबा क्लब मरिण बिजयी भएको हो।

अमरज्योति युबा क्लब गोलन्जोरले उपबिजेतामा चित्त बुझाएको छ। बिजेता हुने नमोबुद्ध युबा क्लब मरिणलले २ लाख १० हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गरको छ भने उपबिजेता अमरज्योति युबा क्लब गोलन्जोरले १ लाख नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा जिल्लाभरका ३० टिमको सहभागिता रहेको थियो ।