सिन्धुलीमाढी। स्वर्गीय नरबहादुर बम्जन स्मृति कप फुटबल प्रतियोताको आज सम्पन्न भएको छ। ब्लू अल्पाइन क्लब सिन्धुलीका अध्यक्ष सुरेस थापा मगरको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन भएको हो।

स्वर्गीय पिताको सम्झनामा छोराहरू छत्र बम्जन, ङेमा दोर्ज बोम्जन र बिष्णु दोर्ज बम्जनको छ लाख आर्थिक सहयोगमा ब्लू अल्पाइन क्लब सिन्धुलीको आयोजनामा गत फागून १३ गतेबाट प्रतियोगिता सुरु भएको थियो।

समापन कार्यक्रमलाई सम्बोधन गर्नुहँदै अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले सिन्धुलीका खेलाडिहरुले राष्ट्रिय प्रतियोगिता खेलिरहेको बताउँदै सिन्धुली फुटबलका लागि सम्भाबित क्षेत्र रहेको बताउनु भयो । सिन्धुलीका फुटबल खेलाडिको लागि प्रशिक्षणको आबश्यक रहेकाले संघले प्रशिक्षणको लागि सहयोग गर्न प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै स्वर्गिय नर बहादुर बम्जनका छोरा समाजसेबि छत्र बम्जनले पिताको सम्झनामा सिन्धुलीमा खेलाडिको उत्पादन गर्न उदेश्यले प्रतियोगिताको लागि सहयोग गरेको बताउनु भयो ।