काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज फागुन १४ गते, शुक्रबार बाँडफाँड भएको छ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको शेयर आज विहान ८ बजे बाँडफाँड गरिएको हो । वर्तमान अवस्थामा आईपिओ भर्नेको संख्या अधिक भएको हुँदा लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता बराबरको शेयर आवेदन परेको थियो । लघुवित्तको शेयर जम्मा जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर मात्र रहेको हुँदा लक्किड्रमार्फत शेयर वितरण गरिएको हो । 

कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३७ लाख ४७ हजार ५ सय ९० कित्ता शेयर सर्वासाधारणलाई वितरण गरिएको हो । वितरण भएको शेयरको रिजल्ट बिक्री प्रबन्धक, संस्था र मेरो शेयरबाट मात्र हेर्न सकिने व्यवस्था सिडिएससीले गरेको हुँदा https://boid.nsmbl.com.np/ बाट हेर्न सक्नुहुने छ ।