स्वर्गीय नरवहादुर वम्जन स्मृतीकप फुटवल प्रतियोगिता आजबाट सिन्धुलीमाढिमा सुरु भएको छ । आज एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिएको हो।

जिल्लामै प्रथम पटक सर्वाधिक पुरस्कार रासीको फुटबल प्रतियोगिता आज ब्लु अल्पाइन क्लबका अध्यक्ष सुरेस थापा मगरको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिताको उद्घाटन गरिएको हो।

स्वर्गीय पिता नर बहादुर बम्जनको सम्झनामा छोराहरु छेत्र बहादुर बम्जन,ङेमा दोर्ज बम्जन र बिष्णु दोर्ज बम्जनको ६ लाख आर्थिक सहयोगमा ब्लु अल्पाइन क्लब सिन्धुलीको आयोजनामा प्रतियोगिता सुरु भएको छ। दुख गरेर हुर्काएको स्वर्गिय पिताका लागि आफुहरुले केहि गर्न नसकेकाले उहाँको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको छोरा छेत्र बहादुर बम्जनले बताउनु भयो। आफुहरुको योगदानले पिताको आत्मा शान्ति हुने विश्वास रहेको पनि उहाँले बताउनु भयो।

जिल्लामा खेलाडीको प्रोत्साहन, हौसला र खेलाडीको संङ्ख्यामा वृद्धि गर्न उदेश्यले फुटबल प्रतियोगिताको लागि जोड दिइएको कान्छा छोरा बिष्णु दोर्ज बम्जनले जनाकारी दिनुभयो। त्यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कमलामाई नगरपालिकाका नगर प्रमुख खत्रीले समाजसेवी बम्जन परिवारलाई धन्यवाद प्रदान गर्नु भएको छ। खत्रीले आफ्नो पिताको सम्झनामा खेलाडी उत्पादनमा गरिएको योगदान अतुलनिय रहेको बताउनु भयो।

आज बाट सुरु भएको प्रतियोगितामा जिल्ला भरका ३० टीमको सहभागिता रहेको छ। जसलाई पोल ए र पोल बी मा विभाजित गरी खेल खेलाइने भएको छ। पोल ए मा १५ टीम र पोल बी मा १५ टिम रहेको छ।

उद्घाटन खेलमा आज पोल ए बाट आयोजक ब्लु अल्पाइन क्लब सिन्धुली र शुभ सिन्धु क्लब ढुँग्रेबासबीच प्रतिस्पर्धा भएको छ। दोश्रो खेल पोल बि बाट न्यू कमलामाई मञ्च कर्करे र नव प्रतिभा क्लब ढकालगाँउबीच प्रतिष्पर्धा भएको छ।

बिजेताले २ लाख १० हजार नगद, मेडल र प्रमाण पत्र पाउँने छन् भने उपबिजेताले १ लाख नगद, मेडल र प्रमाणपत्र पाउने छन् । खेल अवधिभर खेलाडी घाइते भएमा १ लाख सम्मको बीमा गरिएको छ। प्रतियोगिताको फाइनल खेल फागुन २२ हुने क्लबका सहसचिव वरुण लामिछानेले जानकारी दिनुभयो।