सिन्धुली। स्वास्थ्य कार्यालय सिन्धुलीले कोभिड-१९ विरुद्धको खोप अभियान फागुन १० गतेसम्म समय अवधि थप गरेको जनाएको छ। पहिलो चरणमा खोप लगाउन छुटेका र फ्रन्टलाईनमा रहेर सेवा प्रवाह गर्ने सेवा प्रदायक जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीहरुलाई फागुन ६ गतेबाट दिईदै आएको खोपको समयावधि १० गतेसम्म थप गरिएको हो।

स्वास्थ्य कार्यालय सिन्धुलीले शनिबार सूचना जारी गर्दै कोभिड -१९ को जोखिमबाट आफू बच्न र अरुलाई पनि बचाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहिलो चरणमा खोप लगाउन छुटेकाहरू, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू, निजामती कर्मचारीहरू, प्रहरी कर्मचारीहरू, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीहरू, न्याय, सरकारी वकिल तथा कानून समूहका कर्चारीहरू, पत्रकारहरूलाई फागुन १० गतेसम्म जिल्ला अस्पताल सिन्धुलीमा खोप लगाईने जनाएको छ। 

खोप बिहान १० देखि दिउँसो ४ सम्म लगाईने समेत सूचनामा जनाईएको छ।