सिन्धुली। सिन्धुलीमा दोस्रो चरणको कोरोना विरुद्धको खोप ५ सय ८० जनाले लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीमा फागुन ६ गतेदेखि ८ गतेसम्म भएको दोस्रो चरणको खोप अभियानमा उक्त संख्यामा खोप लगाइएको हो।

स्वास्थ्य कार्यालय सिन्धुलीले दोस्रो चरणको तीन दिने खोप अभियानमा १ सय ३८ महिला र ४ सय २२ पुरुष  गरी ५ सय ८० जनाले खोप लगाएको जनाएको छ। खोप लगाउनेमा पहिलो चरणमा छुट भएकाहरू १५ जना, स्थानीय तहका जनप्रतिनिधिहरू तथा कर्मचारीहरू १ सय ७१ जना, निजामती सेवाका कर्मचारीहरू ९५ जना, जनपद प्रहरी कर्मचारीहरू १ सय ७० जना, सशस्त्र प्रहरी कर्मचारीहरू ३ जना, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरू ६१ जना, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीहरू ५२ जना र १४ जना पत्रकारहरूलाई दोस्रो चरणको खोप दिईएको हो।