सिन्धुली। जीवन रक्षाको मागगर्दै कमलामाई -६, सिन्धुलीकी कल्पना बस्नेतले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएकी छीन्। अंशको विषयलाई लिएर सासु आमा र आमाज्यूहरुबाट मानसिक तथा शारीरिक यातना दिने र ज्यान मार्नेसम्मको प्रयास भएको भन्दै प्र.जि.अ. सिन्धुलीमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएकी हुन्।

बिहिबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्र.जि.अ.लाई भेटेर उनले ज्ञापनपत्र बुझाएकी हुन्। उनले बुझाएको ज्ञापत्रमा पारिवारिक अंशको मुद्दा उच्च अदालतबाट समेत आफूले जितेको र हाल सर्वोच्च अदालतमा विचाराधिनमा रहेको अवस्थामा उनी सहित उनका श्रीमान कृष्णहरी खड्कालाई समेत मानसिक तथा शारीरिक यातना दिने गरेको र मिति २०७७ माघ २० गते का.म.पा.-०६, काठमाडौंमा डेरा गरी बसेकै ठाउँमा हत्या प्रयास भएको उल्लेख छ।

ज्ञापनपत्रमार्फत उनले आफूलाई हत्या गर्न हत्यारालाई ४० लाख दिनेसम्मको षडयन्त्र गरेको उल्लेख गरेकी छन्। हत्या प्रयास गर्ने १३ जना विरुद्ध महानगरिय प्रहरी वृत्त बौद्धमा किटानी जाहेरी दिइएको र तिमध्ये ४ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको ज्ञापनपत्रमा उल्लेख गरेकी छन्।

त्यस्तै, ज्ञापनपत्रमार्फत बाँकी अन्य अभियुक्त्तहरूलाई तुरुन्त पक्राउ आदेश भएका सबैलाई पक्राउ गरी अनुसन्धान गर्न र आफ्नो जीवन रक्षा गरी दिन प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई अनुरोध गरेकी हुन्।

साथै, ज्ञापनपत्रमा प्रहरीको निगरानीमा रहेका अनिल भन्ने चेत विक्रम थापा, अर्जुन भन्ने हेम विक्रम थापा, गिता थापा, अनिश थापा, विष्णु कुमारी खड्का, हिरु कुमारी खड्का थापा, ध्रुब बुढाथोकी, नवराज सिंह, अमित थापासमेतलाई पक्राउ गरी अनुसन्धानको दायरामा लान माग गरेकी छन्।

ज्ञापनपत्र