सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका -४, च्याउँकोटमा शिद्धबाबामा भ्यूटावरको शिलान्यास भएको छ । मंगलबार (आज) बागमती प्रदेश सांसद् बिनोद खड्का र कमलमाई गरपालिका-४, का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले एक कार्यक्रमकाबीच संयुक्त रुपमा भ्यूटावर शिलान्यास गरिएको हो।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना हेटौंडाको १ करोड ९२ लाख २३ हजार ६ सय ४५ हजार आर्थिक सहयोगमा ड्रागन कन्ट्रक्सनसँग निर्माणका लागि सम्झौता गत असोज १८ गते नै भईसकेको छ। सडक निर्माण नहुँदा पुस १६ गतेबाट निर्माण कार्य सुरु गरिएको हो । २०७८ साल जेठ १५ गते भ्यूटावर निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ।

जिल्लाको ऐतिहासिक पर्यटन क्षेत्र शिद्धबाबा मन्दिरसँगै पर्यटन विकासका लागि भ्युटारवरको निर्माण गरिएको वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनु भयो। भ्युटावरको सिलान्यास गर्नुहुँदै प्रदेश सांसद् खड्काले सिन्धुली जिल्लालाई चिनाउने स्थलमध्ये शिद्धबाबा मन्दिर प्रमुख भएकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरिएको बताउनु भयो। उहाँले भ्यूटावरले उक्त स्थानका बासिन्दाको दैनिक आयआर्जनमा समेत वृद्धि हुने बताउनु हुँदै भ्यूटावर निर्माणमा गुणस्तरिय सामग्री प्रयोग गर्न आग्रह गर्नुभएको छ।

त्यस्तै, उहाँले समझौता मितिमै निर्माण कार्य सम्पन्न गर्न पनि आग्रह गर्नुभएको छ। उक्त भ्युटावरबाट सिन्धुली बजार मरिण, बागमती प्रदेश लगाायत अन्य स्थान समेत देखिन्छ। उक्त भ्यूटावर ५ तले १७ मिटर उचाई, ट्रष्टको छाना र कार्यलय तथा सौचालय समेत रहने गरी आधुनिक तरीकाले निर्माण हुने बागमती प्रदेशका इन्जिनियर प्रकाश पुरीले जानकारी दिनुभयो।

ड्रागन कन्ट्रक्सनका राजकुमार श्रेष्ठले निर्माण कार्यका लागि पानीको अभाव त्यस्तै ढुवानीका लागि सडक उपयुक्त नभएको गुनासो गर्नुभयो। कार्यक्रममा सिद्धबाबा मन्दिर व्यवस्थापनका अध्यक्ष गोपी थापा मगर, घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवी सुनुवार लगाायतको उपस्थिती रहेको थियो ।