सिन्धुली। नेपाल तामाङ विद्यार्थी घेदुङ बागमती प्रदेश समितिले कमलामाई नगरपालिकालाई कदरपत्र प्रदान गरेको छ। कमलामाई नगरपालिकाले तामाङ जातिको सांकस्कृति पर्व सोनाम ल्होछारको अवसरमा विगत दुई वर्षदेखि दुई दिने स्थानीय विदा दिने व्यवस्था गरेको भन्दै तामाङ विद्यार्थी घेदुङले कदरपत्र प्रदान गरेको हो।

आज नेपाल तामाङ विद्यार्थी घेदुङ सिन्धुलीले सोनाम ल्होछार २८५७ ‍औँ लाङ ल्हो (गोरु वर्ग) को अवसरमा शुभकामना आदनप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रमबीच नेपाल तामाङ विद्यार्थी घेदुङ बागमती प्रदेशका अध्यक्ष अजय दोङद्धारा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ख खत्रीलाई कदर पत्र प्रदान गरेका हुन्।

अध्यक्ष दोङद्धारा हस्ताक्षरीत कदरपत्रमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २(फ) बजमोजिम नरपालिकाले विगत दुई वर्षदेखि सोनाम ल्होछारको अवसरमा दुई दिन स्थानीय सर्वजनिक विदा दिई ल्होछार पर्वको प्रवर्द्धनका लागि नगरपालिकाले पुर्या्एको योगदानको उच्च कदर गरिएको जनाएको छ।