सिन्धुली। सिन्धुलीको मदन भण्डारी राजमार्ग अन्तर्गत हरिपुरगढी गाउँपालिका -५ सिम्राख डाँडामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुदाँ २३ जना घाईते भएका छन्। मरिण गाउँपालिका वडा नं. २ पाङ्ग्रेबाट हरिहरपुरगढी गाउँपालिकामा बेहुली लिन गएको ट्याक्टर दुर्घटना भएको हो।
घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ। गम्भिर घाईते ५ जनालाई मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनको पहलमा थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ट्रमा सेन्टर पठाईएको मरिण गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिएका छन्।
बेहुला अर्काे ट्याक्टरमा रहेकाले उनी सकुसल रहेका छन् । ट्याक्टर दुर्घटना के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ। अन्य घाईतेका स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
