सिन्धुली। समग्र शिक्षकहरूको इच्छा विपरित सरुवा गरेकोप्रति नेकपा गोलन्जोर गाउँपालिका कमिटिले विज्ञप्ति जारी गरेको छ । राजनैतिक पूर्वाग्रहको आधारमा शिक्षक सरुवा गरेको भन्दै सोमबार (आज) नेकपा गोलन्जोरले विज्ञप्ति जारी गरेको हो ।

नेकपा गोलन्जोर गाउँपालिका कमिटिको अध्यक्ष के.पी. पोखरेल र सचिव रेगनारायण थापाद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरूमा गाउँ कार्यपालिकाले शिक्षकको इच्छा विरित निर्णय गर्दै सूवा गर्ने गरेकोप्रति नेकपा गोलन्जोरको घोर आपत्ती रहेको जनाएको छ।

विज्ञप्तिमा गाउँपालिकाद्धारा गठीत शिक्षक कार्यदलले सिफारिस गरेको भन्दा फरक निर्णयले आम शिक्षकहरूको मनोबल भत्कन गएको र त्यसले पठनपाठनमा समेत गंभिर असर पर्ने उल्लेख छ ।
विज्ञप्तिमार्फत कार्यपालिकाको यस किसिमको निर्णयले शिक्षकको मनोबल गिर्ने र त्यसको प्रत्यक्ष असर पठनपाठन र विद्यार्थीमा पर्नेप्रति सजग रहन र शिक्षकका पेशागत संघ सङ्गठनलाई समेत कार्यदलमा संलग्न गराई बिना पूर्वाग्रह काम गर्न सझाब दिएको छ।

साथै कार्यदलको त्यस किसिमको निर्णय प्रति पीडित शिक्षकहरूलाई समेत त्यस किसिमको निर्णय अवज्ञा गर्न विज्ञप्ति मार्फत अपिल गरेको छ ।