सिन्धुली। अनेरास्ववियू सिन्धुलीले जिल्लाका ९ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएका छन्। संसद् विघटनपछि दुई ध्रुबमा पार्टी बाँडिएको र के पी ओली नेतृत्वको काम चलाउन सरकारले राज्यको ढुकुटीको अनुचित प्रयोग गरेको भन्दै स्थानीय तहहरूमा त्यस्तो हुन नदिन ज्ञपन पत्र बुझाई जनाएका छन्।

ज्ञपानपत्रमा प्रधानमन्त्री के पी ओलीको प्रतिगमन विरुद्धको आन्दोलनको दोस्रो चरण सफलपता पूर्वक पूरा भएको र आन्दोलन तेस्रो जनआन्दोलनको दिशामा रहेको उल्लेख छ। त्यस्तै ज्ञापनपत्रमा प्रधानमन्त्री ओलीको काम चलाउन सरकार भएको भएपनि उनको कदम ज्ञानेन्द्रको झल्को दिने किसिमको रहेको आरोप लगाइएको छ।

ज्ञापनपत्र मार्फत ओली गुटले आयोजना गर्ने र्‍यालीहरुमा राज्यको ढुकुटीको ब्रम्हलुट गर्ने जस्ता हर्कतहरू भएको सुक्ष्म अनुमान गरिरहेको र त्यस्तो हुनबाट रोक्न स्थानीय तहले रोक्नु पर्नेमा जोड दिएका छन् । नगरपालिकाले गर्ने विकास निर्माणका काममा खर्च हुनुपर्नेमा राज्य ढुकुटी दुरुपयोग हुने भन्दै निर्वाचन अगावै स्थानीय तहको आय/व्यय विवरण सार्वजनिक गर्न अपिल गरेका छन् ।

भ्रष्टाचार रहित स्थानीय तह जनताप्रति उत्तरदायी स्थानीइ सरकार र पारदर्शी प्रशासनसहित जनताको सुशासनप्रतिको आकांक्षा पुरा गर्न निर्वाचित जनप्रतिनिधहरूलाई ज्ञपापत्रमार्फत सचेत गराईएको छ । त्यस्तै, यूनियनको आग्रह र अपिल विपरित प्रतिगमनलाई सहयोग पुर्‍याउने गरी राज्यको स्रोत साधन दुरुपयोग गरिए त्यसको भण्डाफोर गरिने चेतनावनी ज्ञापनपत्र मार्फत दिएका छन् ।