सिन्धुली। हरिहरपुरगढी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता सम्बन्धी कानूनी व्यवस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डको अध्यक्षता तथा हरिहरपुरगढि गाउँपालिका अध्यक्ष कार्साङ लामाको प्रमुख अतिथ्यता रहेको थियो। हरिहरपुरगढी गाउँपालिकामा केही दिनमा राष्ट्रिय परिचयपत्र दर्ता कार्यक्रम सुरु हुने प्रमुख जिल्ला अधिकारी पाण्डे बताउनु भयो । उहाँले गाउँपालिकाको ४० स्थानबाट राष्ट्रिय परिचयपत्र दर्ता गरिने बताउनु भयो।
यस्तै जिल्ला प्रसासन कार्यलय सिन्धुलीका प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले नेपाली नागरिक बाहेकका नागरिकले पनि नेपाली नागरिकता झुक्याएर, मिलीमतोमा बनाउने भएकाले सिफारिस गरिदिँदा ध्यान पुर्याउन आग्रह गर्नुभएको छ । जिल्ला प्रसासनबाट दैनिक ८० जनाले नागरिकता लागि सिफारिस गरेकोमा ७० जनालाई मात्रै नागरिकता उपलब्ध गराइने उहाँले बताउनु भयो । दश जनाको सिफारिस विभिन्न समस्या पाइने गरेकाले फिर्ता पठाउनु पर्न बाध्यता रहेको बताउनु भयो । त्यसैले वडा अध्यक्षहरुलाई सिफारिसमा ध्यान पुर्याउन पनि उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै संयुक्त कार्यक्रममालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले स्थानीयलाई राष्ट्रिय परिचयपत्र दर्ता गर्न र नागरिकता उपलब्ध गराउनका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अनिता राई, जिल्ला प्रशासन कार्यलय सिन्धुलीका सहायक प्रमुख जिला अधिकारी रिद्धि प्रसाद सिटौला, प्रशासकीय अधिकृतहरु उपेन्द्र न्यौपाने, भिम बस्नेत, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
