सिन्धुली। घ्याङ्लेख गाउँपालिकाका माध्यमिक विद्यालय हायुटार वडा नं २ को आज भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा देवी सुनुवार, वडा न २ का अध्यक्ष एक बहादुर खड्का, स्कुल व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर बज्यु, प्रधानध्यापक विजय कुमार थिङ्ग ले सामुहिक रुपमा बिद्यालय भबनको शिलान्यास गरेको हो।
एसियाली विकास बैंक (एडिबि) को ऋण आर्थिक सहयोगमा जिल्ला आयोजना कार्यान्वयन ईकाई(शिक्षा)ले विद्यालय भवन निर्माण सुरु भएको हो। सात कोठे आधुनिक भवन निर्माणको ठेक्का एम एस केसि समानान्तर खानि जेभि कन्ट्रक्सन काठमान्डौले पाएको छ । ३ करोड ७५ लाख ३६ हजार ५ सय २९ रुपैयामा ठेक्का सम्झौता भएको हो ।
