रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको वडा नं. ६ फर्पूमा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) सम्बन्धी तालिम सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको सहयोगमा सुनुवार महिला कृषक समुहलाई लक्षित गरी सञ्चालन गरिएको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) तालिम आइबार सम्पन्न भएको हो ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशोकान्ती भट्टचनको अध्यक्षता एबम् गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा तालिममा सहभागी २७ जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो । गत भदौ २७ गते देखि सुरु भएको तालिम आइतबार समापन भएको छ । बालिनालीलाई नष्ट गर्ने किराहरुलाई रसायन किटनाषकको प्रयोग विना कसरी रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ भन्ने जानकारी गराउने उद्देश्यले यस कार्यक्रमको सञ्चालन गरिएको आयोजक संस्थाका कोषाध्यक्ष सुशिला गोलेले बताउनु भएको छ ।
तालिमले कृषकको अर्गानिक फलफूल तथा तरकारी उत्पादनमा समेत विशेष सहयोग पुग्नेछ । आदिवासी जनजाति समुदायमा पनि सुनुवार जाति विशेष पछाडि परेको कुरा उल्लेख गर्दै पालिका अध्यक्ष सुनुवारले कृषि कर्मको माध्यबाट आर्थिक समृद्धितर्फ अग्रसर हुन थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । पालिकाको तर्फबाट आवश्यक सहयोग गरिने समेत उहाँले बताउनु भएको थियो । सुनुवार सेवा समाज केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर सुनुवारले तालिमबाट यहाँका कृषकहरुलाई आर्थिक सवकलीकरण गराउने कार्यमा थप सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्ती एबम् स्थानियहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।