कीभ। यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ । 

यूक्रेन भ्रमणमा रहनुभएका मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गर्नु भएको हो ।  

भेटवार्ताका क्रममा उहाँहरुले यूरोपेली मुलुकहरुको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गर्नु भएको थियो । 

राष्ट्रपति जेलेनेस्कीको सचिवालयले दिएको जानकारी अनुसार उहाँहरुले युद्धपछि यूक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामहरुका बारेमा कुराकानी गर्नुभएको थियो । 

सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयता सम्वन्धी सहयोगहरु उपलब्ध गराएकोमा यूक्रेनका राष्ट्रपति जेलेनेस्कीले फिनल्याण्डका प्रधानमन्त्रीलाई धन्यवाद पनि दिनुभएको थियो ।