आकाशले एकतमासले गण्डकी बर्साइरहेको थियो ।

ढ्वाटे खोलो उर्लिँदै र कुर्लिँदै दौडिँदै थियो; म्याराथनमा दौडिरहेको धावकजस्तै ।
खोल्साहरू पनि बैँसले उन्मत्त देखिन्थे; नदीलाई भेट्न छाङ हाल्दै दगुर्दै थिए । वैशाख-जेठको खडेरीको रोलरले कुल्चिएका रूखहरू पनि हाँस्दै थिएँ यतिबेला, हरियो मुस्कान छर्दै ।

खेतका गराहरू पनि बर्खे भलमा चुर्लुम्मै डुबेका थिए । रोपाइको चटारो थियो । लगातार एक साता भएको थियो, म हलि बनेको । गाउँघरमा अर्मपर्म गर्दै रोपाइ गर्ने परम्परा छ । आज रोपाइ गर्ने पालो हाम्रामा छ । 

म बिहानै उठेँ । खेततिर पानीको मेसो मिलाउन झरेँ । आमाले कान्लामा घाँस काट्दै हुनुहुन्थ्यो । 

"थाकेर लोत परेका छौ । एकै छिन सुतेको भए पनि हुन्थ्यो । पानीको मेसो म मिलाइहाल्थेँ ।" आमाले घाँसको पाँजो डोकामा हाल्दै ममता पोख्नुभयो ।

मन मनै सोचेँ, "आमाको मन…………।" 

"आमा ! आज हलि म मात्रै हुँ ?" गोरीबाट बग्दै गरेको पानी थुन्दै भनेँ । 

"जोदाखरे आज एक हलले नै भ्याइन्छ कर ! घर चैँ पर्सि दुई हल बनाम्ला ।" आमाले डोकामा घाँस खाँद्दै भन्नुभयो । 

"अनि खेताली (रोपारा) को को आउनी हुन् आमा आज ?" खले गरातिर कुलो सोझ्याउँदै आमालाई सोधेँ ।

मुसाले खनेर प्वाल पारेका दुला पुरेँ । 

"दर्शन-ढुङ्गे साइँला बाकी छोरी सुकीर्ति पनि आउनी हुन् आज । कति छिटो रोप्छिन् । बिउ काड्न पनि उस्तै ! उनलाई छिटै आउन भनिछु बीउ काड्न । कति जाती छिन् है उनी त !" आमाले घाँसको डोको बोक्दै भन्नुभयो । 

सुकीर्ति आउने भएपछि मेरा त हड्डीसमेत खुसी भए । आजको रोपाइ स्वर्णिम हुने भयो; म मख्खै परेँ ।

खाना खाएर म एकै छिन गोरु चराउँदै थिएँ ।

सिमसिम झरी बत्किरहेको थियो । उनी छिटो आउलिन्, बिउ काड्न ब्याडतिर जालिन्, यस्तै सोचेर म पनि ब्याडको आलीमा थचक्क बसेँ । 

घडी हेरेँ । सवा नौ हुन थालेको थियो । उनी आउने बाटातिर आँखा बिछ्याएंँ, तर आइरहेको देखिनँ । सोचेँ, एकै छिनमा आउलिन् । 

झन्डै दश मिनेटपछि उनी झुल्किइन् । उनका साथमा डोको थियो । रोपाइको दिन पनि चिटिक्कै परेर आएकी; कुर्ता सुरुवाल लगाएर ! 

"खेत रोप्न आएकी हौ कि राम हेर्न जान?" उनी ब्याडसम्म आइनपुग्दै जिस्क्याइहालेँ । उनलाई जिस्क्याउन निकै मज्जा हुन्थ्यो । 

"डोको बोकेर राम हेर्न जान्छन् र बुद्धु ?" उनले अविलम्ब प्रतिप्रश्न तेर्स्याइन्, डोको ब्याडको कुनामा ठड्याउँदै ।

सिमसिम पानी कति भाग्यमानी रहेछ, जसले उनको शरीरको अङ्ग अङ्ग चुमेको थियो ।

कुर्ता सुरुवाल भिजेर लुछ्रुक्कै भएको थियो । उनले कुर्ता तानेर तिघ्रानेर पुर्‍याइन् ।

जसै कुर्ता माथि तानिन्, तीघ्रा रातै देखियो । जुको ढाडिएर हात्ती जत्रै बनेको थियो ।

"आमा ! जुको !" उनी चिच्याइन् ।

"हाहा ! जुकासँग पनि डराउने तिमी त बिचरी !" जिस्क्याउन ढिला गरिनँ ।

"छिटो फाल्दिनू न ।" उनी आँखा चिम्म गर्दै भनिन् ।

उनको नजिकै गएँ । जुको थुतेर पर हुर्र्याइदिएँ ।

जुकाले बिचरीको पवित्र रगत चुस्नुसम्म चुसेर ढाडिएको थियो । जुकाले खाएको ठाउँबाट बाक्लो रगत बग्न थाल्यो ।

कम्मरमा बाँधेको पटुको च्यातेँ । उनको रगत बगिरहेको ठाउँमा बाँधिदिएँ ।

"नडराऊ सुकु ! जुको फाल्दिसकेँ । अब बिउ काड्नतिर लाग ।" मायालु पाराले 'सुकु' भन्थेँ । उनी मख्खै पर्थिन् ।

उनी मुस्कानका सिमसिम बाछिटा छोड्दै बिउ काड्न बसिन् ।

मैले गोरु नारेँ । तीन सिया गतिलरी जोत्न पाएको थिइनँ, गुरे गोरुले सैरा (सोइला) भाँच्यो । घुर्चुलको सैरा (सोइला) बनाएर फेरि जोत्नतिर लागेँ ।

सुरुमै ठुलो गरोमा जोत्न लागेको थिएँ । जोतेर सिध्याएँ । आली लगाउने ठिँयारे (बाउसे) हरूले पनि आफ्नो काम सिध्याए ।

अब खोक लगाउने बेला भयो । उनीसहित आमाहरूले ब्याडमा बीउ काड्दै हुनुहुन्थ्यो ।

मलाई खोक लगाउने बेला गोरु दगुराउन साह्रै मज्जा लाग्थ्यो ।

वर गोरु थिए, पुच्छर समाइदियो कि एक सय बिसको गतिमा दौडिन थाल्दथे ।

त्यसैमाथि खेतालीहरूलाई हिलाले छ्याप्न कम्ता मज्जा आउन्नथ्यो; त्यो पनि लाटै मेसाले ।

मलाई भने उनलाई हिलोले छ्याप्न मन थियो ।

आमाहरू बिउका मुठा डोकामा राख्दै हुनुहुन्थ्यो ।

म भने खोकमा चढेर गोरु दगुराएँ । हिलोजति जम्मै उनको शरीरमा टाँस्सिन गयो ।

उनी रिसले चुर भइन् । राती न पिरी भइन् । रुन मात्रै सकिनन् । म भने नदेखेझैँ गरी आफ्नै धन्दामा लागेँ ।

खोकले गरो सम्माएर भ्याएँ । गोरु अर्को गरामा लगेँ । मेलो बनाउन पल्तिरका माइलदाइ उकाल्लागे ।

"खुब राम्री भएर आउन परेको ! खुच्चिङ !" उनलाई झन् जिस्क्याउन थालेँ ।

उनले त मतिर मुन्टोसमेत फर्काइनन् । सोचेँ, आज जून घोप्टिएको हुनुपर्छ । म पनि कस्तो खराब मान्छे ! बेदाग 'जून'मा हिलो छ्याप्ने चेष्टा गरेछु ।

"रोपेर भ्याएसी पौडी खेल्न जाम्ला ! क्यार्न रिसाएकी छौ र ?"

उनलाई फुर्काउन थालेँ तर उनी फुर्किनन् ।

त्यसपछि म आफ्नो सुर गर्न लागेँ  ।

अन्तिम गरो जोत्दै थिएँ,

दाहिने खुट्टामा चसक्क केही बिझेको जस्तो भान भयो ।

हलामा ब्रेक लगाएँ ।

हिलाबाट फुत्त खुट्टो झिकेर हेरेँ । मकैको बुटीले खुट्टो बेस्सरी काटेको रहेछ । आलीमा गएँ । थचक्क बसेँ । अड्किएको बुटी थुतेँ । बुटी धार थियो ! रगत बगिरहेको थियो । तर कसैलाई केही भनिनँ ।

त्यहाँ आमा हुनुहुन्नथ्यो त्यस बेला । खै कता जानुभएछ ।

"बाबु ! के भयो ?" उपल्लो गरामा रोप्दै गरेकी भाउजूले चियाउँदै भन्नुभयो ।

"केही होइन भाउजू ! बुटीले कोतरेको मात्रै हो ।" भाउजूलाई ढांँट्दै भनेँ ।

रोपाइको महिना ।

मेरो एक आखर सुन्नासाथ उनले मतिर पुर्लुक्क हेरिन् ।

मैले खुट्टो सुम्सुम्याएको देखेर मतिरै आइन्, बिउको मुठी हिलामा हुर्र्‍याएर ।

"बुटीले त्यतिका काटेको रैछ । खुपै ढाँट्नी है !"

मेरा खुट्टातिर सङ्केत गर्दै भनिन्,"ल्याउनुस् म टालो बान्दिन्छु ।" उनले आफ्नो चुन्नी च्यातिन् र मायालु पाराले मेरो खुट्टामा बाँधिदिइन् ।

मेरो एक आखर सुन्नासाथ उनले मतिर पुर्लुक्क हेरिन् ।

मैले खुट्टो सुम्सुम्याएको देखेर मतिरै आइन्, बिउको मुठी हिलामा हुर्र्‍याएर ।

"बुटीले त्यतिका काटेको रैछ। खुपै ढाँट्नी है !"

मेरा खुट्टातिर सङ्केत गर्दै भनिन्,"ल्याउनुस् म टालो बान्दिन्छु ।" उनले आफ्नो चुन्नी च्यातिन् र मायालु पाराले मेरो खुट्टामा बाँधिदिइन् ।

                 - कविन्द्र लम्साल