तस्विर: लोकुच बिरू

काठमाडौं। तेह्रथुम क्षेत्रफलको आधारमा प्रदेश १ को सबैभन्दा सानो जिल्ला हो। तर प्राकृतिक र सांस्कृतिक विविधतामा प्रदेश १ कै धनी जिल्ला हो। तेह्रथुम लाली गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) ले प्रख्यात छ। यहाँ विभिन्न २८ प्रजातिका लाली गुराँसको अवलोकन गर्न सकिन्छ।

यस क्षेत्रमा सानो पाथिभारा समेत अवस्थित रहेकोले धार्मिक हिसाबले पनि प्रख्यात रहेको छ भने संखुवासभाको प्रख्यात पर्यटकीय गन्तव्य सभापोखरी यहाँबाट नजिक पर्दछ। विशेष गरी लाली गुराँस फूल्ने मौसम (फागुन, चैत्र र बैशाख) महिनामा यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यहाँ, नेपालमा पाईने दुर्लभ वन्यजन्तहरू हाब्रे, रेडपाण्डा, सालक लगायत विभिन्न वन्यजन्तुको वासस्थान रहेको छ।

यसका अलवा वसन्तपुरमा अवस्थित चो:लुङ पार्क र यससँगै रहेको चो:लुङ सङ्ग्राहलयले जो कसैलाई मोहित पार्दछ। 

तिनजुरे क्षेत्र, तेह्रथुम।। 

तीजुरे क्षेत्रमा फूलेको लाली गुराँसको बिहङ्गम दृष्य।।

 तीनजुरे क्षेत्र, तेह्रथुम।।

तीजुरे क्षेत्र, तेह्रथुम।।

तीजुरे क्षेत्र, तेह्रथुम।।

टुटेदेउराली क्षेत्र, वसन्तपुरमा अवस्थित सुन्दर पार्क, तेह्रथुम।।

चो:लुङ पार्क, वसन्तपुर, तेह्रथुम।।

भेडेटार, धनकुटा।।।