काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले आ.व. २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। बैङ्कले कायम चुक्ता पूँजीको १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ४.५ प्रतिशत नगद लाभांश गरी कूल १५.५ प्रशतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई सकेपछि वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुनेछ। ११ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ।