इलाम । रोङ गाउँपालिकामा भएको महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ । आयोजक मनाबुङले कुटिडाँडालाई २-१ गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । 

तिहारको अवरसरमा गाउँपालिकाको वडा न‌ं. ४ स्थित मानाबुङमा भएको प्रथम महिला नक-आउट फुटबल प्रतियोगिता भएको हो। कार्तिक २८ गतेबाट सुरु भएको खेलमा फाइनलमा कुट्टीडाँडा र आयोजक टिम पुगेको थियो । 

नाखोपाको टिमलाई हराउँदै आयोजक टिम फाइनल पुगेको थियो भने कुवापानीको टिमलाई हराएर कुटीडाँडाले फाइनलको यात्रा तय गरेको थियो । 

मानाबुङ्ग स्टार युनियनका अध्यक्ष मनबहादुर राईलगायत गाउँपालिकाको विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थितिमा प्रतियोगिताको विजेता टिमलाई नगद पन्ध्र हजार ट्रफी, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई दस हजार ट्रफी, मेडल तथा प्रमाणपत्रसहितको पुरस्कार प्रदान गरिएको थियो ।