इलाम । रोङ गाउँपालिकामा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले खड्ग आले मगरको अध्यक्षतामा सर्वसम्मत गाउँ कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा सत्यम राई, सचिवमा उपेन्द्र न्यौपाने, सह सचिवमा दुर्गा अधिकारी र सरण तामाङ चयन भएको छ । ४७ सदस्यीय सबै पदाधिकारी सर्बसहमत चयन भएका हुन् ।
त्यसैगरी माइजोगमाई गाउँपालिकामा एमालेको अधिवेशनबाट खगेन्द्र घिमिरे चयन भएका छन् । समितिको उपाध्यक्षमा सोनाम शेर्पा र सचिवमा भेषराज भटराई तथा सहसचिवमा धनबहादुर सुबेदी र अम्बर देवान चयन भएका छन् ।
इलाम नगर कमिटिको अध्यक्षमा तिलक ठकुरी तथा उपाध्यक्षमा दिपेन्द्र चापागाइ चयन भएको छ भने देउमाई नगरपालिकाको अध्यक्षमा भीमलाल खनाल चयन भएका छन् । उपाध्यक्षमा दावा तामाङ र सचिवमा नेत्र ढुंगेल चयन भए भने सहसचिवमा गंगा भटराई र चिजुमाया राइ चयन भएका हुन ।
त्यस्तै चुलाचुलीमा दुर्गा लिम्बु अध्यक्षमा सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा गोबिन्द कोइराला चयन भएका छन् । अन्य पालिकामा पनि सहमतीको प्रयास भइरहेको बताइएको छ । सन्दकपुर गाउपालिकामा अध्यक्षमा गिरीराज खनाल र दिपक गुरुङ उम्मेद्वार भएपछी चुनाव नै हुने भएको छ । सन्दकपुरमा १३८ जना प्रतिनिधिले मतदान गर्ने बताइएको छ । नेकपा एमालेको अधिबेशन इलामको सबै स्थानीय तहमा भइ रहेको छ ।