सिन्धुली। मरिण गाउँपालिकाको ५ नम्बर वडास्तरिय दोस्रो फुटबल कप प्रतियोगीको उपाधि फुङ्मा ज्वाला युवा क्लब चौकिटारले जितेको छ। पन्चकन्या युनाइटेडलाई हराउँदै फुङ्मा ज्वाला युवा चौकिटार क्लबले उपाधि जितेको हो।

निर्धारित समयमा खेल बराबरी भएपछि पेनाल्टि सुट आउटद्वारा खेल खेलाइएको थियो । पेनाल्टि सुट आउटमा ३ -४ गोल अन्तरले फुङ्मा ज्वाला युवा क्लबले हात पारेको हो । प्रथम हुने बिजेतालाई २५ हजार नगद,मेडल,ट्रफि र प्रमाण पत्र,दोस्रो बिजेतालाई १५ हजार नगर मेडल, ट्रफि र प्रमाण पत्र बितरण गरिएको युवा खेलकुद बिकास समितीका अध्यक्ष दिपक माझिले जानकारि दिनुभयो । वडास्तरीय खेलकुद फुटबल प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो । मरिण गाउँपालिकाको आर्थिक सहयोगमा ५ नम्बर वडा स्तरिय युवा तथा खेलकुद समितीको आयोजनामा १२ गते बाट फुटबल प्रतियोगिता सुरु भएको थियो । मरिण गाउँपालिकाले वडास्तरीय खेलकुद प्रतीयोगिताको लागि १ लाख ५० हजार बिनियोजन गरेको छ ।