काठमाडौं । लोक सेवा आयोग केन्द्रीय कार्यालय सूचना तथा प्रकाशन शाखाले राजपत्राङ्कित प्रथ र द्वीतीय श्रेणी (अप्राविधिक/प्राविधिक) सहसचिव र उपसचिव वा सो सरहका पदहरुमा जेष्ठता, कार्यसम्पादन मूल्याङ्कनद्धारा हुने बढुवा तथा आन्तरिक र खुला प्रतिस्पर्धाको लागि विज्ञापन आह्वान गरेको छ । 

आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै जेष्ठताका आधारमा बढुवाका लागि निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन) को दफा २४ घ१क तथा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १४ को उपदफा ४ बमोजिम सम्भाव्य उम्मेदवारहरुले लोक सेवा आयोगबाट निर्धारित फारम भरी मंसिर २ गते सम्म दरखास्त दिन भनेको छ । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार संघ, प्रदेश र  स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु सोही ऐन को दफा १४ को उपदफा ४ बमोजिम यसमायोजन हुनु पूर्व बहाल रहेको सेवा/समूह/उपसमूहको एक श्रेणी वा तह माथिको पदमा  बढूवा हुन योग्य हुनेछन् । 

आयोगले सूचना जारी गर्दै सहसचिव वा सो सरह पदमा जेष्ठता वापत बढुवा हुनेमा अप्राविधिकतर्फ विविभिन्न सेवा/समूहमा ३५ पदपूर्तिका लागि, उपसचिव वा सो सरह पदमा ६३ पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै कार्यक्षमताको मूल्याङ्कनद्धारा हुने बढुवाको लागि सहसचिव वा सो सरह पदमा २३ पदपुर्तिका लागि र उपसचिव वा सो सरह पदमा ६३ पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

आयोगले अप्राविधिकतर्फको सहसचिव वा सो सरह पदमा आन्तरिक प्रतियोगिताको लागि १६ जना र खुला प्रतिस्पर्धातर्फ समावेशीकरण पद्धती अनुसार ९ जनाको लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै अप्राविधिकर्तको उपसचिव वा सो सरह पदमा आन्तरिक प्रतिस्पर्धाद्धारा ५८ वटा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ भने खुला तर्फ ३१ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

 

आयोगले जारीको विज्ञापन हेर्न यहाँ (लोक सेवा आयोगको विज्ञापन) क्लिक गर्नुहोला ।