सिन्धुलीमाढी। नेपाल कम्युनिष्ट पार्टी  माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यलय भवन निर्माणको लागि नेपाल प्रेस सङ्गठन सिन्धुलीले एक लाख भन्दाबढी सहयोग गरेको छ। पार्टी कार्यलयको भवन निर्माणको लागि आज नेपाल प्रेस सङ्गठन सिन्धुलीका पत्रकार तथा शुभ चिन्तकहरूले १ लाख २१ हजार रकम हस्तानतरण गरेको हो।

शनीबार एक औपचारिक कार्यक्रमबीच माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल (राजन) लाई नेपाल प्रेस सङ्गठन सिन्धुलीका अध्यक्ष मिन कुमार दाहालले चेक हस्तानतरण गर्नुभएको छ। पार्टी कार्यलयको भवन मिर्माणको लागि प्रेस सङ्गठन भित्र रहेका पत्रकार तथा इच्छुक व्यक्तिबाट रकम सङ्कलन गरी हस्तानतरण गरिएको प्रेस सङ्गठन सिन्धुलीका अध्यक्ष मिन कुमार दाहालले बताउनु भयो। आवश्यक परेको खण्डमा पछिल्ला दिनमा पनि सहयोग गर्ने सङ्गठनका अध्यक्ष दाहालले प्रतिवद्धता जनाउनु भएको छ ।

माओवादी केन्द्रका सिन्धुली जिल्ला पार्टी अध्यक्ष तथा बागमती प्रदेश सांसद् लेखनाथ हालले प्रेस सङ्गठन सिन्धुलीप्रति आभार प्रकट गर्नुभएको छ। पार्टी कार्यलय निर्माणको लागि प्रेस सङ्गठनको पनि अहम् भुमिका रहने बताउनु भयो। पार्टीको लक्ष्य प्राप्तिको लागि सम्पूर्णको सहयोग आवश्यक रहेकाले प्रेस सङ्गठन पनि सोही लक्ष्यको सारथि बनिदिएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो। पार्टी कार्यलयको भवन निर्माणको लागि कमलामाई नगरपालिका ६ दुई नम्बर बजार भगवति बोर्डिङ अगाडिको १२ धुर जग्गा खरिद गरी सकेको छ।