डाइनामाइटका आविस्कारक अल्फ्रेड बर्नाड नोबेलको नाममा सन् १८९५ मा नोबेल पुरस्कार कोषको स्थापना भएको हो ।  उनकै नामबाट नोबेल सन् १९०१ बाट प्रदान गर्न थालिएको हो । शुरुमा पाँचवटा विधामा प्रदान गर्दै आएको नोबेल पुरस्कार सन् १९६९ देखि  अर्थशास्त्रतर्फको विधामा पनि प्रदान गर्न थालियो ।  हरेक बर्ष १० डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गरिन्छ ।

 

हालसम्म ६ वटा विधामा प्रदा गरिँदै आएको नोबेल पुरस्कर शान्ति तर्फको पुरस्कार व्यक्ति र संघ/संस्था दुबैलाइ प्रदान गरिन्छ । अन्य विधाका पुरस्कर महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई मात्र प्रदान गरिँदै आएको छ ।  हालसम्म धेरै पटक नोबेल पुरस्कर प्राप्त गर्ने संस्थाहरु International Committee of The Red Cross(ICRC) ले तीन पटक सन् १९१७, १९४४, १९६३ मा प्राप्त गरेको छ ।

 

नोबेल प्राप्त गर्ने काला जातिका व्यक्ति राल्फ वच सन् १९५० शान्ति पुरस्कर  हुन् भने अस्वेत महिला टोनी मोरिसन (सन् १९९३ साहित्यतर्फ) हुन् ।

नोवेल पुरस्कार २०२० घोषणा

क्र.सं.

विधा

कसले पायो

के का लागि

१.

अर्थशास्त्रतर्फ

- पल आर मिलग्रोम, अमेरिका

- रोबर्ट बि विल्सन, अमेरिका

लिलामीको सिद्धान्तमा सुधार तथा लिलामीको नयाँ विधिको आविष्कार गरेबापत ।

२.

शान्तितर्फ

- विश्व खाद्य कार्यक्रम (WFP)

भोकमरी विरुद्ध र युद्ध ग्रस्त क्षेत्रमा काम गरेबापत ।

३.

रसायनशास्त्रतर्फ

- इम्मानुएल सार्पेन्टिर, फ्रान्स

- जेनिफर डाउड्ना, अमेरिका

जिनोम इडिटिङ् विधिको विकास गरे बापत (सन् २०१२ मा विकास गरेका)

४.

भौतिकशास्त्रतर्फ

- रोजर पेनरोज, बेलायत

- राइनहार्ड गेन्जेल, जर्मनी

- एन्ड्रिया गेज, अमेरिका

पेनरोजलाई ब्ल्याको होलको बनोट र सापेक्षताको अध्ययन सामान्य सिद्धान्त वापत

गेन्जेल र गेजलाई ग्यालेक्सीको केन्द्रमा सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्ट छ भन्ने कुरा पत्ता लगाय बापत ।

५.

चिकित्साशास्त्रतर्फ

- हार्वे जे अल्टर, मेरिका

- चार्ल्स एम राइस, अमेरिका

- माइकल हगटन, बेलायत

हेपाटाइटिस-सि भाइरस पत्ता लगाई भाइरस लाग्नुको कारण तथा उपचार पद्धती समेत पत्ता लगाए बापत ।

६.

साहित्यतर्फ

- लुइस ग्लिक (अमेरिकी कवि)

काव्यात्मक आवाजमार्फत सुन्दर ढंगले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन भूमिका खेले बापत ।

संकलन: विरु सुनुवार