काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) नेप्सेमा सामान्य करेक्सन आएको छ । नेप्से तीन हजार विन्दु नाघेको तेस्रो दिनमा करेक्सन देखिएको हो । 

आज नेप्स परिसूचक ३ अंकले घटेर ३ हजार २२ विन्दुमा झरेको छ । प्रिओपनिङ्ग पछि नै विस्तारी ओरालो लागेको बजार पटक-पटक उकालो लाग्ने प्रयास गरे पनि बिक्रिकर्ता हाबी हुँदा घटेर बन्द हुन पुग्यो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहमात्र बढेको बजारमा सबैभन्दा बढी अन्य उपसमूह करिब ४ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट उपसमूह २ प्रतिशत बढीले बढेको छ । त्यस्तै घट्ने उपसमूहमा सबैभन्दा बढी विकास बैंक करिब साढे ४ प्रतिशत रहेको छ भने फाइनान्स उपसमूह पनि ३ प्रतिशत बढीले घटेको छ ।

२ सय २६ कम्पनीको शेयर कारोबारमा आएको बजारमा १६ अर्ब ५२ करोड बढीको कारोबार भएको छ । ३ करोड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता शेयर खरिद बिक्री हुँदा १ लाख ६४ हजार ७ सय ९० पटक कारोबार भएको छ ।

नेपालको कूल नेप्सेको पुँजीकरण ४१ खर्ब ७२ अर्ब २५ करोड बढी रहेको छ ।