काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । शिखरले जेष्ठ २५ गते निवेदन दिएको छ भने एक्सेल डेभलपमेन्टले २७ गते निवेदन दिएको हो ।

धितोपत्र बोर्डका अनुसार शिखर र एक्सल दुवैले चुक्ता पूंजीको ३०% हुन आउने क्रमश: ५२ लाख ७५ हजार ५ सय ७२ तथा २४ लाख ३३ हजार ३ सय ६३ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति मागेको हो ।

आज साताको पहिलो दिन (आइतबार) दोस्रो बजारमा  शिखरको शेयर मूल्य २ हजार २ सय रहेको छ भने एक्सलको ८ सय ६८ रुपैयाँ रहेको छ ।  धितो पत्र बोर्डले हकप्रद निस्कासनको अनुमति दिएपछि हकप्रदका लागि आवेदन खुल्ने छ ।

शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकको निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।