काठमाडौं । नेपालको शेयरबजार नेप्से हालसम्म कै उच्च विन्दुमा पुगेको छ । दिनानु दिन रेकर्ड ब्रेक गर्दै अगाडि बढेकको बजार करिब ३ हजारको विन्दु नजिक पुगेको छ भने कारोबार रकम पनि २० अर्बको नजिक पुगेको छ । 

आज साताको पहिलो दिन ३८.३२ अंकले नेप्से वृद्धि भएको छ । यो सँगै नेपाली शेयरबजार परिसूचक नेप्से २ हजार ९ सय ८३ विन्दु नाघेको छ ।  सेन्सेटिभ इन्डेक्स ११ दशमलव ५४ अंकले बढ्र ५ सय ३९ दशमलव ४१ विन्दुमा पुगेको छ । 

कारोबार रकम र नेप्से परिसूचक दुवैले एकैसाथ अलटाइम हाई रेकर्ड ब्रेक गरेको दिन २ सय २० कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता शेयर १ लाख ८२ हजार ४ सय ३० पटक खरिद बिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रकम बराबरको कारोबार भएको छ । यो रकम हालसम्म भएको ठूलो कारोबार हो । 

नेप्सेमा उछाल आएको दिन कुल बजारको पुँजीकरण ४१ अर्ब ५६ अर्ब नाघेको छ । विकास बैंक र फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको भीड लागेको बजारमा करिब ३ दर्जन कम्पनीहरुको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूह ऋणात्मक हुँदा ७ उपसमूह बढेको छ ।