काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) नेप्सेले अघिल्लो दिनको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ । 

आज ५३ दशमलव ४४ अंकले नेप्से बढेर २ हजार ९ सय ६० दशमलव १४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अंकले बढेर ५ सय २८ दशमलव १० मा उक्लिएको छ । त्यस्तै फ्लोट ३ दशमलव ९४ अंकले बढेर २ सय ५ दशमलव २२ मा पुग्दा सेन्सेटिभ फ्लोट ३ दशमलव २८ अंकले बढेर १ सय ७६ दशमलव शुन्य ८ विन्दुमा पुग्न सफल भएको छ । 

कारोबार अविधीभर २ सय १८ कम्पनीको शेयर कारोबार भएको छ ।  १ दशमलव ८४ प्रतिशतले नेप्से बढ्दा ३ करोड ५७ लाख ३ सय ७४ कित्ता शेयर १ लाख ४९ हजार ७ सय ८ पटक खरिद बिक्री हुँदा १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० कोरोबार भएको छ । यससँगै नेपालको बजारको कुल पुँजीकरण पनि ४१ खर्ब नाघेको छ । 

नयाँ उचाई चुम्दै अघि बढेको आजको बजारमा कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूह ऋणात्मक बन्दा १० उपसमूह बढेको छ । जसमा सबैभन्दा बढी विकास बैंक ९ दशमलव शुन्य ४ प्रतिशतले बढ्दा फाइनान्स उपसमूह ८ दशमलव ७१ बढेको छ । घट्ने उपसमूहमा होटल, इन्भेष्टमेन्ट र माइक्रोफाइनान्स रहेको छ ।