काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन ५० अंक बढिले बढेको बजार आज शुन्य दशमलव २१ अंकले करेक्सन भएको छ । 

यस दिन २ सय २१ कम्पनकी ३ करोड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्री भएको छ ।  बजार खुले देखि नै केही उतड चडाप देखिएको बजार अन्तिम समयमा आएर नगन्य मात्रमा घटेर बन्द भएको हो । 

आज कारोबारमा आएको करिब १७ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।  पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र आईसिएफसी फाइनान्सको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।  त्यस्तै सबैभन्दा बढी लक्ष्मी विकास बैंकको शेयरमूल्य ३ दशमलव ५८ प्रतिशतले ३टेको छ । 

यस दिन कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूह बढेको छ भने ६ उपसमूह ऋणात्मक बन्यो । यस दिन सबैभन्दा बढी फाइनान्स उपसमूह ८ प्रतिशतले बढ्दा सबैभन्दा बढी व्यापार उपसमूह २ दशमलव २१ प्रतिशतले घटेको छ ।