काठमाडौं । नेप्से परिसुचक आज (आइतबार) ५० दशमलव १३ अंकले बढ्दै अलटाइम हाई २ हजार ९ सय ६ दशमलव ८९ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ७ दशमलव ८८ अंकले बढेर ५ सय २० दशमलव ९९ विन्दुमा पुगेको छ ।

त्यस्तै कारोबार रकम पनि १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ भएको छ । आजको बजारमा २ सय १८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता शेयर १ लाख ७१ हजार ६० पटक खरिद बिक्रि भएकोहो । 

पचास अंक बढीले नेप्से बढ्दा ४ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ ।  त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा बढी १ अर्ब २१ करोड १४ लाख ५६ हजारबराबरको कारोबार भएको छ । जुन आजसम्म भएको एउटै कम्पनीको सबैभन्दा ठूलो कारोबार रकम हो । 

आज कारोबारमा आएको १३ उपसमूह मध्यै ७ उपसमूह बढेको छ भने ६ उपसमूह ऋणात्मक बनेको छ ।

सात उपसमूहमध्ये सबैभन्दा बढी बढ्ने उपसमूहमा लागनी उपसमूह ३ दशमलव ९१, दोस्रोमा बाणिज्य बैंक ३ दशमलव ६६, तेस्रोमा अन्य ३ दशमलव शुन्य ३, विकास बैंक २ दशमलव ३८, म्युच्युअल फन्ड १ दशमलव ६, फाइनान्स १ दशमलव ४३ ले बढ्दा माइक्रोफाइनान्स उपसमूह शुन्य दशमलव शुन्य ८ प्रतिशतले बढेको छ । 

साताको पहिलो दिन घट्ने उपसमूहमा सबैभन्दा बढी हाइड्रोपावर १ दशमलव ६३, उत्पादन १ दशमलव १४, ट्रेडिङ १ दशमलव शुन्य २, जीवन बिमा शुन्य दशमलव ६८, पुनर्बीमा शुन्य दशमलव ५७ र होटेल शुन्य दशमलव ५२ रहेको छ ।