१५ भदौ, काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको उनको परिवार स्रोतले जनाएको छ । ८४ वर्षीय मुखर्जी उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले ट्‍वीटरमार्फत जनाएका हुन् ।

मस्तिष्कको विरामी भएका मुखर्जीलाई मस्तिष्कको सर्जरी गर्नु पहिले परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अगष्ट १० का दिन ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए ।

पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए । भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए ।