काठमाडौं । शेयर बजारमा दुई दिनको करेक्सन पछि पुन: चमक फर्किएको छ । आज ५५ अंकले बढेर २ हजार ८ सय २७ विन्दुमा उक्लिएको छ ।  सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेर ५ सय ५ विन्दुमाथि उक्लिएको छ  ।

अघिल्लो दिनभन्दा कारोबार रकम पनि ३ अर्ब बढिले बढेर ११ अर्ब ३५ करोड नाघेको छ । २ सय १९ कम्पनीहरुको शेयर कारोबार आएको बजारमा २ अर्ब २६ करोड १३ लाख २९ कित्ता शेयर १ लाख १४ हजार २ सय १६ पटक खरिदबिक्री भएको छ । 

कारोबारमा आएको १३ उपसमूहमध्ये म्युच्युअल फन्डबाहेक सबै उपसमूह बढेको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूह करिब ८ प्रतिशतले बढ्दा डेभलपमेन्ट बैंक उपसमूह ६ प्रतिशत बढीले बढेको छ भने अन्य उपसमूह पनि ५ प्रतिशत बढीले बढेको छ । 

उच्च अंकले बढेको बजारमा १३ कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । आज सबैभन्दा धेरै शेयरमूल्य बढ्नेमा राष्ट्रिय बीमा संस्थान र सानिमा माई हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।