सिन्धुलीमाढी। सिन्धुलीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएकव छ। स्वास्थ्य कार्यालय सिन्धुलीका फोकल पर्सन सन्तोष कुमार माझीका अनुसार ५० जनाको स्वाब परीक्षण गर्दा ती सङ्क्रमित फेला परेका हुन्।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रणका कारण १५ जनाले ज्यान गुमाएका छन् भने ३ सय ४८ जनाको स्वाब सङ्कलनको रिपोर्ट आउन बाँकी रहेकव छ।