सिन्धुलीमाढी। सामाजिक परिवर्तन कुराले हाेईन ब्यवाहारले हुनुपर्छ । समाजमा बर्षाैंदेखि रहेकाे जातिय समस्या ब्यवाहारिक रूपमा अझै परिवर्तन हुन सकेकाे अवस्था छैन । भेदभाव कायम नै छ। सुन्दा अनाैठाे लाग्न सक्छ तर कमलामाई नगरपालिका-२ चियाबारीमा निर्माण भईरहेकाे खानेपानी ट्याङकीकाे शिलान्यासमा पण्डित थिए कान्छाे दमै, दलित समुदायकाे पण्डितकाे रूपमा काम गरिरहेका कान्छाे दमै मन्त्र पढिरहेका थिए।

पण्डितकाे भुमिका निर्वाह गरेका उनले सामाजिक रूपान्तरण ब्यवाहारबाट हुनुपर्ने बताए । जिल्ला समन्यव समिति सिन्धुलीबाट ४० लाख र जनश्रमदान १० लाख सहित जम्मा ५० लाख लगानीमा निर्माण सुरू गरिएकाे १ लाख लिटरकाे पानी ट्याङकीकाे शिलान्यास आज एक समाराेहबीच जिल्ला समन्यव समिति सदस्य चित्र बहादुर बुढाथाेकी र २ नं. वडा अध्यक्ष नवराज थिङले सयुक्त रूपमा गरेका हुन् ।

उक्त खानेपानी ट्याङकीकाे निर्माणसँगै चियाबारी क्षेत्रका १०० घरधुरी याेजनाबाट लाभान्वित हुने छन । खानेपानी आयाेजनाकाे उपभाेक्ता समिति अध्यक्ष भाेला कुमार जर्घामगरले निर्माण ताेकिएकै समयमा सम्पन्न गरिने र प्रत्येक उपभाेक्ताकाे घरमा २४ सै घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउने आफुहरूकाे लक्ष्य रहेकाे जानकारी दिए ।

जिल्ला समन्यव समिति सदस्य चित्र बहादुर बुढाथाेकी उक्त याेजना पार्नदेखि सफल बनाउन समेत आफू दिनरात लागिपरेकाे बताउँछन् । बुढाथाेकी भन्छन् `समस्याहरूकाे पहिचान गर्नु, समाधानका लागि स्रोत खाेज्नु र स्रोतकाे सही सदुपयाेग गर्दै समाजकाे समस्या हल गर्नु जनप्रतिनिधीकाे दायीत्व हाे।´ उनले जनतालाई कर्तव्य बाेध गराउने र नेता तथा जनप्रतिनिधीलाई जनउत्तरदायी बनाउन सकेमा सामाजिक रूपान्तरण गर्न सकिने बताए।

शिलान्यास समाराेहमा नेपाली कांग्रेसका जिल्ला नेता सुवास केसी लगायतकाे उपस्थिती रहेकाे थियाे ।