सिन्धुली। कोभिड अस्पताल सिन्धुलीलाई प्रिन्टर र कम्प्यूटर सहयोग व्यवसायी भरत पोख्रेल र नेपाल पत्रकार महासंघ सिन्धुलीद्धारा सिन्धुली कोभिड अस्पताललाई कम्प्यूटर र प्रिन्टर हस्तानतरण गरेको छ। आज कोभिड अपताल सिन्धुलीका अध्यक्ष प्रलाद पोख्रेललाई नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले १ थान प्रिन्टर र १ थान प्रिन्टर १ थान कम्प्यूटर हस्तानतरण गरेको हो।

कोभिड अस्पताललाई अत्यावश्यक कामका लागि प्रिन्टर र कम्प्यूटर आवश्यकता भएकाले कमलमाई नगरपालिका -९ का व्यवसायी भरत पोख्रेलको आर्थिक सहयोगमा १ थान प्रिन्टर र महासंघ सिन्धुलीद्धारा १ थान कम्प्यूटर हस्तानतरण गरिइको अध्यक्ष घिमिरेको भनाई रहेको छ।

कोरोना भाइरसको नयाँ भेरियन्टले आक्रान्त पारिरहेको अबस्थामा अस्पतालबाट छपाई तथा प्रिन्ट गर्नुपर्न अत्याबश्यक कामका लागि समस्या भइरहेको बताउँदै उक्त उपकरण प्रदान गरेकोमा अस्पतालका अध्यक्ष पोख्रेलले महासंघ र व्यवसायी पोख्रेललाई धन्यबाद ब्यक्त गर्नुभएको छ ।