सिन्धुली। १८ वर्ष उमेर समुहभन्दा माथिका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ। आज स्वास्थ्य कार्यलय सिन्धुलीले कोथिड -१९ खोपका लागि पूर्व दर्ता सम्बन्धी सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।
१८ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कारोना विरुद्धको पहिलो डोज दिन लागिएको हो । स्वास्थ्य कार्यलय सिन्धुलीका प्रमख जितेन्द्र शाहले उक्त खोप लगाउनका लागि आवेदन फारम भर्नुपर्न सूचनामा उल्लेख गरेका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण माहाशाखाको गत बैशाख ३० गतेको पत्र अनुसार १८ वर्ष भन्दा माथिका इच्छुक नागरीकलाई आवेदन फारम भर्नका लाग आह्वान गरीएको हो । जसका लागि www.vaccine.mohp.gov.np मा लगइन गरी आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने जनाइएको छ।
आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापनकामा सहज हुने भएकाले फारम भर्न लगाइएको हो । इन्टरनेट नभएका स्थानमा नजिकको स्वास्थ्य चौकीमा विवरण अद्यावधिक गर्न सूचनामा आह्वान गरीएको छ । फारम भर्न वित्तिकै खोप लगाउने सुनिश्चितता भने गरीएको छैन ।