सिन्धुली। लामाे समयदेखि खानेपानीकाे समस्या भाेगिरहेका चियाबारीबासीहरूकाे समस्या यस वर्षबाट समाधान हुने भएकाे छ । जिल्ला समन्य समिति सिन्धुलीकाे आन्तरिक काेषबाट बिनियाेजित ४० लाख र जनश्रमदान १० लाख सहित कुल ५० लाखमा १ लाख लिटर क्षमता भएकाे पानिट्याङकीकाे निर्माण सुरूभएसँगै चियाबारीबासीकाे खानेपानीकाे समस्या पूर्ण रूपमा समाधान हुने भएकाे हाे ।
चियाबारीमा सुरूमा खानेपानीकाे खासै समस्या नभए पनि वि.पि. राजमार्गमा सवारी साधनकाे चाप बढेसँगै हाेटल ब्यवसाय फस्टाउन थालेपछि खानेपानीकाे समस्या सुरू भएकाे स्थानीय भाेला जर्गा बताउँछन् । उक्त खानेपानी ट्याङकीकाे निर्माणसँगै चियाबारी क्षेत्रका ६० घरधुरी याेजनाबाट लाभान्बीत हुनेछन् । खानेपानी आयाेजनाकाे उपभाेक्ता समिति अध्यक्ष भाेला कुमार जर्घामगरले निर्माण ताेकिएकै समयमा सम्पन्न गरिने र प्रत्येक उपभाेक्ताकाे घरमा २४ सै घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउने आफुहरूकाे लक्ष्य रहेकाे जानकारी दिए ।
कमलामाई नगरपालिका वडा नं. -२ बाट वडा सदस्य पदमा निर्वाचित भई हाल जिल्ला समन्यव समितिकाे प्रवक्तासमेत रहेका स्थानी चित्र बहादुर बुढाथाेकी उक्त याेजना पार्नदेखि सफल बनाउन समेत आफू दिनरात लागिपरेकाे बताउँछन् । बुढाथाेकी भन्छन, `समस्याहरूकाे पहिचान गर्नु, समाधानका लागि श्राेत खाेज्नु र श्राेतकाे सहि सदुपयाेग गर्दै समाजकाे समस्या हल गर्नु जनप्रतिनिधीकाे दायीत्व हाे ।´
उनले जनतालाई कर्तव्य बाेध गराउने र नेता तथा जनप्रतिनिधीलाई जनउत्तरदायी बनाउन सकेमा सामाजिक रूपान्तरण गर्न सकिने बताए । यस आर्थिक वर्षमा मात्र चियाबारी लगायत आसपास क्षेत्रमा सडक, खानेपानी, बिजुली, मठमन्दिर, प्रतिक्षालय लगायत भाैतिक संरचना निर्माणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट १ कराेड भन्दा बढी बजेट आएकाे बुढाथाेकीले बताए । संघीयतासँगै निर्माण भएका तीन तहका सरकार र सरकारले ल्याएका बिकासका कार्यक्रम गाउँ-गाउँ सम्म त पुगेका छन तर दिगाे बिकासकाे साेच र पारदर्शीता खस्कदै गईरहेकाे परिस्थितिमा चियाबारी क्षेत्रका याेजनाहरू पारदर्शी र दिगाे हुनेमा विश्वस्त रहन समेत बुढाथाेकीले सबैलाई आग्रह गरे ।
