नेपाल आदिवासी जनजाति महासंघ १७ प्रवास शाखाहरूको संयुक्त आयोजनमा भर्चुअल अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यता तथा जनजाति अगुवा नेताहरूको विशेष आतिथ्यता र नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाका अध्यक्ष पेम्बा डि ह्योल्मोको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो। 

विशेष गरी नेपालमा भएका आदिवासी जनजाति आन्दोलन र राज्यले गरेका सम्बोधनका विषयमा केन्द्रीत अन्तर्क्रिया कार्यकममा नेपाल आदिवासी जनजाति केन्द्रको १० औँ अधिवेशन र त्यसका नेतृत्वहरुको आगामी कार्यदिसा, रणनीति, आदिवासी जनजाति आन्दोलनको विषयमा चासो व्यक्त गरिएको थियो। उक्त भर्चुअल कार्यक्रमको लाइभ प्रसारण जनचासो खबर डटकमको फेसबुक पेजबाट गरिएको थियो।

लाइभ कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस्:

उक्त भर्चुअल अन्तर्क्रिया कार्यक्रममार्फत प्रवास संगठनहरूले संयुक्त रुपमा नेपाल आदिवासी जनजाति महासंघलाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। ध्यानाकर्षण पत्र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तथा ध्यानार्षण पत्रका प्रस्तावक लोक चेङजोङले प्रस्तुत गर्नु भएको थियो।

भर्चुअल अन्तर्क्रिया कार्यक्रमका संयुक्त आयोजनामा नेफिन जापान , फिप्ना अमेरीका , नेफिन क्यानडा, नेफिन दोहा कतार , नेफिन अष्ट्रेलिया, नेफिन युएई , नेफिन कोरिया , नेफिन युके, नेफिन पोर्चुगल, नेफिन वेल्जियम , नेफिन ईजरायल , नेफिन मलेशिया , नेफिन साउदी , नेफिन कुवेत , नेफिन बहरायन र नेफिन मकाउलगायत रहेको थियो।

कार्यक्रमका नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्षका साथै विशिष्ट अतिथीहरू आदिवासी जनजाति महासंघका पुर्व प्रमुख/महासचिव सुरेश आले मगर, पूर्व महासचिव परशुराम तामाङ, पूर्व महासचिव बालकृष्ण माबुहाङ, पूर्व महासचिव प्रा. डा. ओम गुरुङ, पूर्व अध्यक्ष पासाङ शेर्पा, पूर्व अध्यक्ष राज कुमार लेखी, पूर्व अध्यक्ष नगेन्द्र कुमार कुमाल, पूर्व अध्यक्ष जगत बहादुर बराम, पूर्व महासचिव आङकाजी शेर्पा, वर्तमान उपाध्यक्ष तथा विदेश इन्चार्ज गोबिन्द छन्त्याल लगायतका वक्ताहरूले आफ्नो भनाई राखेका थिए। कार्यक्रममा देश तथा विदेशमा रहेका ५ सय भन्दाबढि आदिवासी जनजाति अगुवाहरूको सहभागिता रहेको थियो। 

कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल शेर्पाले गर्नु भएको थियो भने कार्यक्रमको समापन नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष पेम्बा डि ह्योल्मोले  गर्नु भएको थियो।

ध्यानाकर्षणपत्र जस्ताको त्यस्तै:

नेपाल आदिवासी जनजाति महासंघको दशौं राष्ट्रीय महाधिवेशनको सन्दर्भमा विश्वभरका आदिवासी जनजाति महासंघ , प्रवास संगठनहरूको तर्फवाट साझा ध्यानाकर्षण -पत्र -२०२१ ।

आदरणिय अध्यक्ष ज्यू , कार्यक्रमका प्रमूख अथिती नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम ज्यू , विशेष अथिती तथा मुख्य वक्ताहरू नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा पदाधिकारी ज्यूहरू, संसाभरीबाट प्रतिनिधित्व गरिरहनुभएका यस कार्यक्रमका आयोजक नेफिन/ फिप्नाका प्रवास महासंघका अध्यक्ष तथा सहभागी सम्पूर्णमा हार्दिक आदिवासी अभिवादन व्यक्त गर्दछौ ।

नेपालका आदिवासी जनजातिहरूको साझा तथा गौरवशाली संगठन नेपाल आदिवासी जनजाति महासंघको दशौ राष्ट्रीय महाधिवेशन आगामी जेष्ठ १९ र २० गते हुनगईरहेकोमा यस महाधिवेशनको भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ । सदियौ देखी राज्यद्वारा उत्पीडनमा पारीएका आदिवासी जनजाति, सोषित पिडितहरू , सिमान्तकृत समुदाय , पिछाडीएका जाती तथा वर्गहरूको न्याय, समानता, मुक्ती र पहिचानको लागी सधै संघर्षको अग्रमोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्दै राज्यको मूलप्रवाहमा आदिवासी जनजातिहरूको पहिचानलाई स्थापित गराउने भुमिका यस महाधिवेशनको पहिलो प्राथमिकता हुनेमा विश्वास व्यक्त गर्दछौ।आजको आवश्यकता भनेको राज्यको हरेक तहमा जातिय, क्षेत्रिय र लिंगिय आधारमा समानुपातिक समावेसीकरण, राज्यको शक्तीको वाडफाडमा बराबरीको निति तथा नेपालको वर्तमान संविधान अधुरो अपुरो रहेकोले यस संविधानको पुनर्लेखन गरी पहिचान र सामार्थ्यको आधारमा राज्यको पुनर्संरचना गरी संघियताको मूल भावना अनुरूप, ऐतिहासिक जनान्दोलन २०६२/६३, १० वर्षे जनयुद्द, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलन, थारूहट विद्रोह, दलित तथा सिल्पी आन्दोलनहरूको म्याण्डेट, माग तथा आन्दोलनरत जनता र तत्कालीन सरकारहरू संग विभिन्न चरणमा गरिएका सम्झौताहरू नै आजको देशको निकास दिने उच्चतम मार्ग हो र देशको विकास र सम्मृद्वीको बाटो पनि यही हो ।धार्मिक, सांस्कृतिक, भाषीक, जातिय विविधता नेपालको सुन्दरता मात्र होईन, यो नेपालको पर्यटन प्रवर्धन, खोज अनुसन्धान केन्द्र, सांस्कृतिक, भाषिक तथा धार्मिक केन्द्रहरूलाई विश्वविद्यालयको रूपमा स्थापित गरेर संसारको प्रकृतिप्रेमी, शिक्षाप्रेमी, सांस्कृतिक खोज अनुसन्धान कर्ता तथा धार्मिक पर्यटकहरूको पहिलो प्राथमिकताको गन्तव्य बनाउन सकिन्छ । अबको आदिवासी जनजाति आन्दोलन यस विषयमा पनि केन्द्रित हुन जरूरी छ । आजको यस अन्तरक्रियात्मक कार्यक्रम वाट निम्मानुसारका बुदागत राखी ध्यानाकर्षण गराउन चाहान्छौ। 

१ . पहिचान र संघियता हाम्रो पहिलो प्राथमिकता हो तर जनताको माग र भावना विपरित एकात्कवादी उच्च जातिय नश्लबादी चिन्तनद्वारा निर्देशित पार्टी र नेताहरूले पहिचान सहितको संघियतालाई छोडेर नाम मात्रको ७ प्रदेश निर्माण गरी जनतालाई अधिकारविहिन बनाईरहेकोले यस महाधिवेशनद्वारा पहिचान र सामर्थको आधारमा ११ प्रदेशको सुनिश्चितताको लागी संविधान संशोधन आजको प्रमूख आवश्यकता भएकोले यो महाधिवेशनद्वारा उक्त एजेण्डालाई कार्यन्वय गराउन देशभर आन्दोलनको उभार ल्याई संविधान सशोधन गराउने पहिलो एजेण्डा हुनुपर्दछ। 

२ . नेफिन संघीय परिषद आम नेपाली आदिवासी जनजातीहरूको मुक्तीको लागी साझा शक्ती भएकोले यसलाई दलगत राजनितिबाट मुक्त गर्न दलगत प्यानल तथा प्रचार , गुट गरेर चुनाव लड्ने कार्यलाई निषेध गर्नुपर्छ , साथै नेफिनको पदाधिकारीहरू प्रत्यक्ष दलगत गतिविधिमा संलग्न भए अनुशासनको कार्यवाही गर्ने व्यवस्था होस । 

३ . सबै जातिको प्रतिनिधिलाई नेतृत्वमा ल्याउने राम्रो परम्परालाई अझ व्यवस्थित गर्दै जातिय सन्तुलन र आन्दोलनको आवश्यकतालाई पनि ध्यानमा राखेर समावेसी तथा लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व निर्माणमा ध्यान पुगोस ।

४ . सासरभरी छरिएर रहेका नेपालीहरूले नेपालको हरेक प्राकृतिक विपत्ति तथा धार्मिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा समुगगत तथा व्यक्तीगत सहयोगहरू गर्दै आईरहेका छन् । ति सबै सहयोगीहरूलाई नेफिन/ फिप्ना प्रवास संगठनहरू मार्फत नेफिन नेपालले समन्वय गरेर वितरण गर्ने भरपर्दो संरचनात्मक विकासको लागी दिगो फण्डको व्यवस्था गरियोस । साथै गत सालदेखी महामारीकै रूपम रहेको कोरोना संक्रमणले देश यतिवेला हायलकायल बनेको छ , यो वेला नेफिनले उचित समन्वयात्मक भुमिका निर्वाह गरी सम्पूर्ण प्रवास संगठनहरूको सहकार्यमा मानविय सेवामा अग्रणी भुमिका निर्वाह गरोस । 

५ . नेफिन संघीय परिषदको गतिविधिहरुमा आफ्नो तर्फबाट सकेको सबै खाले साथ सहयोग गर्दै नेपालको आदिवासी जनजाति आन्दोलनलाई हरेक तवरले सहयोग र साथ दिदै आएको नेफिन/ फिप्ना प्रवास संगठनहरुको भुमिकालाई अझ प्रभावकारी र संस्थागतरूपमा व्यवस्थित बनाउन बिदेशी भुमिमा क्रियाशील नेपाली आदिवासी जनजातिहरुलाई जोड्ने नेफिन विदेश विभागको प्रभाकरी समन्वयहुने एक बैधानिक व्यवस्थाको आवश्यकता रहेकोले यो महाधिवेशन मार्फत उक्त विषयलाई विधानमा उचित संशोधन गरी कार्यन्वयन गराउन माग गर्दछौ । 

६ . तत्कालिन ईष्ट ईन्डीया कन्पनी ( ब्रिटिश) र नेपाल सरकार विच सहमती भई विदेशी भुमिमा नेपाली युवाहरू त्यस देशको रक्षाको लागी लागेका लाहुरे दाजुभाईहरू र उनका परिवारलाई पछिल्लो समयमा ब्रिटिस सरकारले सेवा सुविधा संग जोडेर आफ्नो देशमा बसोवास गर्ने अनुमति दिएकोमा उक्त देशको नागरिकता, पिआर लिएबापत नेपाली नागरीकता त्याग्न नपर्ने हुदाहुदै पनि नेपाल सरकारको भने एकल नागरीकता नितिका कारण ति हाम्रा आदिवासी लाहुरेहरू दिनदिनै विदेशी नागरीक बन्न बाध्य छन् । राज्यद्वारा नै सम्झौता गरेर भर्ती भएका लाहुरे र तिनका परिवारको नागरीकताको निरन्तरताको लागी सशक्त आवाज उठाउन माग गर्दछौ ।

७ . नेफिनको महाधिवेशनलाई सबैको सहभागीताको लागी प्रवासमा रहेका महासंघहरू बाट पनि एक महासंघ एक प्रतिनिधि तथा दुई पर्यवेक्षकको व्यवस्था गरियोस । 

८ . नेपालका सिमान्तकृत आदिवासी जनजातिहरूको आर्थिक, शैक्षिक क्षेत्रमा दिगोरूपमा काम गर्ने गरी Nepalese Indigenous empowerment found को स्थापना गरेर गरिव तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकास साथै आर्थिक रूपमा पिछडीएका समुदायको विकासको लागी सिप तथा रोजगारमूलक परियोजनाहरू निर्माण होस । उक्त परियोजनाको स्थाई आम्दानीको लागी प्रवास शाखाहरूलाई निश्चित दायित्व निर्धारण गरियोस । 
अन्तयमा :- व्यवस्था परिवर्तन हुन राजनिति नै सुध्रिन जरूरी छ , त्यसको लागी सही व्यक्ती र पद्वतीले नेतृत्व गर्नु पर्दछ । नेपालको सन्दर्भमा अब आगामी दिनमा आदिवासी जनजातिको मुद्वा विरोधी , पहिचान र संघियता विरोधी दल र नेताहरूलाई छानिछानी निमिट्यान्न पारेर पहिचान सहितको संघियताको पक्षमा संविधान सशोधन गरी १०+१ प्रदेशको पक्षका दललाई विजाय गराउन आदिवासी जनजातीहरू एकजुट हुन जरूरी छ । जागिर खान , भाग खान आदिवासी जवताजीका छाला भएका तर एकल नश्लबादी ब्रहणवादी चिन्तन र दललाई प्रसय गर्ने फलाम काट्न फलामको प्रयोग गरे झै हामीलाई प्रहार गर्न हाम्रो अनुहार प्रयोग गर्ने दल र नेताहरूका विरूद्वमा देशभर अभियान चलाएर संसारभरीका नेपाली आदिवासी जनजातीहरूको साथ र सहयोगमा एकल नश्लिय उच्च जातिय चिन्तन र प्रवृद्वीका विरूद्व एकजुट हुनु आजको अपरिहार्य आवश्यकता हो । 

आदिवासी अभिवादन !