सोमबार नियमित बस्दै आएको मन्त्रिपरिषद बैठक आज आइतबार आकस्मिक रुपमा बसेको छ । प्रधानमन्त्रीले आफ्नै निवासमा आकस्किमक रुपमा बोलाएको मन्त्रिषरिद बैठकमा केहि नियक्तिका निर्णयहरु भएका छन् ।
प्रधानमन्त्री र नेकपा अध्यक्षा पुष्पकमल दाहालबीच आइतबार बिहान भएको छलफल पछि आकस्मिक मन्त्रिपरिषद् बैठक डाकिएको थियो ।
प्रधानमन्त्री निवासमा बसेको बैठकले कृषि अनुसन्धान परिषद्(नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अञ्जना शाक्यलाई अख्तियारी दिने निर्णय गरिएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओली र दाहालबीच मन्त्रिपरिषद पुनर्गठनको विषयमा र पार्टी एकताको बाँकी काम टुङ्ग्याउने विषयमा पनि छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

