काठमाडौं। सुनुवार सेवा समाज संघीय समितिले किरातहरूको महान चाड उभौली जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आ-आफ्नै घरमा प्रकृतिको पुजाआरधना गरी मनाउन अपिल गरेको छ। संघीय समितिले शुक्रबार सूचना जारी गर्दै नयाँ भेरिएन्ट सहितको कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै रहेर चाड मनाउन अपिल गरेको हो।

सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणवीर सुनुवाद्वारा हस्ताक्षरीत अपिल तथा शुभकामना जारी गर्दै २०७८ जेग १२ गते पर्ने किरातहरूको महान चाड श्याँदर पिदाँर (उभौली) को अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्नु भएको छ।

अपिल तथा शुभकामना जारी गर्दै सूचना मार्फत समाजले नयाँ भेरिएन्ट सहितको दोस्रो पटक फैलिएको कोरोना महामारीका कारण हाम्रो मौलिक सांस्कृति चाड सामुहिक रुपमा मनाउन जोखिमपूर्ण हुने र आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी भएको हुँदा जेठ १२ गते पर्ने उभौली पर्व सामुहिक रुपमा भेला भई धुमधामका साथ मनाउन नसकिने भएको हुँदा यसपालीको श्याँदर पिदाँर हाम्रा कुलपुरोहित ना:सो व्यवस्थापन समितिका पदाधिकारीहरू लगायत अन्य दाजुभाई दिदीबहिनीले सामाजिक दुरी कायम गरी आफ्नो प्रकृति पुजाआरधना आ-आफ्नै घरमा गरी मनाउन सुनुवार सेवा समाज संघीय समितिले सम्पूर्ण वडा, गाउँ, नगर, जिल्ला, प्रदेश, विदेश शाखा तथा आङ्गिक संस्थालाई जानकारी सहित अपिल गरेको हो।