काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई नियुक्त गर्नु भएको छ। संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेको समयसीमा भित्र प्रधानमन्त्री पदका लागी दाबी पेश भएको थिएन। 

त्यस लगतै राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो।

उनी गत बैशाख २७ गते विश्वासको मत लिनेक्रममा संसद्‍मा विश्वासको मत लिन नसक्दा स्वत पद मुक्त भएका थिए। पुन प्रधानमन्त्री पदमा नियक्त भएका ओलीले अब तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।