ओखलढुङ्गा। ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा -१, रगनीमा गत बैशाख २५ गते महेश कुमार खड्काको शंकास्पद मृत्यु भएको छ। २५ गते साँझ खड्कालाई आफ्नै छोरा शंकर खड्काले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ। 

खिजिदेम्बा -१ का वडा अध्यक्ष सरोज सुनुवारका अनुसार रक्सीले मातेर आएका खड्कालाई उनकै छाेराले कुटपिट गरेका थिए। कुटपिट भएको देखेपछि स्थानीय प्रेमबहादुर सुनुवारले छुट्याउन खोज्दा उनै सुनुवारले पिटाई खानु परेको वडाध्यक्ष सुनुवारले बताएका छन्।

तर, सोही घटनालाई आधार बनाएर प्रहरीले सुनुवारलाई अनुसन्धानका लागि पक्राउ गरेर लगेको छ भने उनी माथी कर्तव्य जान मुद्दाको जाहेरी परेको अध्यक्ष सुनुवारले बताए। प्रहरीले लिएको बयानमा सुनुवारले मशेह कुमार खड्कालाई उनकै छोराले मारेको हुन सक्ने बयान दिएका छन्। 

निज शंकर खड्का भने मृतक बुबाको काजक्रियामा लागेकाले प्रहरीले पक्राउ गरेको छैन। काजकिरिया सकिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिने ओखलढुङ्गाका प्रही निरीक्षक शिव पटेलले जनाएका छन्।

स्थानीयहरूका अनुसार मृतकका छोरा शंकर खड्काले आफ्ना बुबालाई यसअघि पनि पटक पटक पिट्ने गरेको खुलेको छ। सोही दिन समेत उनले आफ्नो काकालाई फोन गरेर मैले बुबालाई बाँधेर राखेको बुबा मर्नु भएछ छिटो आउनुस् भनी उनका काकालाई फोन गरेको खुलेको छ।