काठमाडौं। इकमर्स गर्दै आएको रिचार्जरले कोभिड १९ सङ्क्रमितहरूको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य सामग्रीहरू सुपथ मूल्यमा नि:शुल्क होम डेलिभरी गर्ने भएको छ। रिचार्जरले इसेवासँग सहकार्य गरेर बजारमा पाइनेभन्दा सूपथ मूद्य्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस सिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान नि:शुल्क डेलिभरी गर्ने भएको हो।

उसको सेवा लिनका लागि रिचार्जरले मोबाइल एपमा ह्याप्पी आवर अफर सञ्चालन गर्ने भएको छ। यो अफर बैशाख ३१ गते शुक्रबार १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने जनाएको छ।

ह्याप्पी आवरमा ग्राहकले आवश्यक सामग्रीहरू अडर गर्न सक्नेछन्  र यस अवसरमा रिचार्जरले अक्सिमिटर रु.९९९/- मा उपलब्ध गराउने भएको छ।  सात लिटरको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखि ८२ हजार, अक्सी ९९ प्रति क्यान रु. ५४९, सर्जिकल मास्क ५ रुपैंयामा, के ९५ मास्क १५ रुपैंयामा, कोरियन मास्क ३५ रुपैंयामा, फेस शिल्ड ५५ रुपैंयामा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैंयामा उपलब्ध गराउने छ।

रिचार्जरका अनुसार ह्याप्पी आवरमा अर्डर भई इसेवा मार्फत भुक्तानी भइसेपछि अक्सिमिटर निशुल्क डेलिभरी हुने छ। 

कोभिड १९ सङ्क्रमितलाई शरिरमा अक्सिजनको मात्रा थाहा पाउन र अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने हुन्छ। यस्तो अवस्थामा रिचार्जरले सुपथ मूल्यमा बिना कुनै शुल्क घरमामै अक्सिमिटर उपलब्ध गराउन लागेको हो।

रिचार्जरको एप गूगल प्ले तथा एप्पलको एप स्टोरबाट डाउनलोड गरी खाता सञ्चालन गर्न सकिन्छ।